धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ, १८ पुस ।
गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।
प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिनुभएको छ । सङ्घले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।
प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिनुभएको थियो ।
सङ्घको टोलीका साथ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि बालुवाटार जानुभएको थियो । दाहाल गत प्रतिनिधिसभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा विजयी हुनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |