धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ, १३ पुस ।
जनता समाजवादी पार्टी जसपा नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो । यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
जसपाको संसदीय दलको नेतामा सङ्घीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आउनुभएको थियो । तथापी दलको नेता चयनका लागि दुबै नेताले उम्मेदवारी नदिनुभएको जसपाले जनाएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ जना सांसद हुनुहुन्छ । जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |