धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ, ८ पुस ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले भन्नुभयो, “फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनको कार्य रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् ।” प्रवक्ता मानन्धरका अनुसार आज मात्रै एक सय १९ गाडीबाट फोहर व्यवस्थापन भइरहेको छ । उपत्यकाका १८ स्थानीयतहबाट अहिले दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
तीमध्ये सबैभन्दा बढी कामपाबाट पाँच सय मेट्रिकटन फोहर निस्किने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आइएको थियो । अहिले निजी र कामपाका करिव दुई सय गाडीले दैनिक फोहर व्यवस्थापन गर्दै आएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |