धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ,१८ मंसिर ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धता बारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ ।
चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै २ लाख ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । एक लाख १५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको २ लाख ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |