धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ, ११ मङ्सिर ।
विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।
कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समय सीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ ।”
हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ । यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ । चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ ।
“हामी संयुक्त रुपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ” संयोजक मैनालीले भन्नुभयो । गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिका लगायत संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्र्तक्रिया गरिने उहाँले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |