धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,०८ मंसिर।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गराएका हुन् ।
प्रारम्भिक मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले .२३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६७ हजार ६ सय एक मत खसेको थियो ।
अधिकारी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । लोहनी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।
२०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसकै अधिकारीसंग पराजीत भएका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |