धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
लमजुङ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनले लमजुङको राइनसमा सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताए ।
उनले भने, ’मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको हो । आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिनेछ ।’ अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका थिए ।
पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा (क) मा कांग्रेसका डा. टकराज गुरुङ र प्रदेश सभा (ख) मा कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |