Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या

नीलकण्ठ एफ.एम २८१० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
Post Thumbnail

काठमाडौँ, २६ कात्तिक।
हिउँद लागेको छ । यस यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको छ । पछिल्लो केही समययता सिमेन्ट तथा रडको खपत न्यून रहेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा आवास निर्माणका लागि सहजरुपमा ऋण नदिँदा सिमेन्ट तथा रडको माग नभएको व्यवसायीको भनाइ छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा मूल्यसमेत घट्न थालेको निर्माण सामग्री व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बैंकले ऋण नदिँदा तथा तरलता अभावका कारण निर्माण क्षेत्रमा मन्दी आएको उहाँको भनाइ छ । उहाँका अनुसार दसैँयता सिमेन्ट प्रतिबोरामा रु ५० र छड प्रतिकेजी रु सातदेखि रु नौसम्म सस्तो भएको छ । तरलता अभावकै कारण घर बनाउने घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाइ छ ।

क्षमताभन्दा आधा उद्योग सञ्चालन

तरलता अभावका कारण पछिल्लो समय बजारमा माग घट्दा अधिकांश सिमेन्ट उद्योगले उत्पादन कटौती गर्न थालेका छन् । निर्माणजन्य गतिविधि न्यून हुँदा खपत हुन नसकेको तथा खपत नहुँदा अहिले सिमेन्टमा उद्योग वित्तीय सङ्कट देखिन थालेको सिमेन्ट उद्योगीले बताउन थालेका छन् ।

बजारमा सिमेन्टको मागमा उच्च गिरावट आएपछि हाल सञ्चालनमा रहेका अधिकांश सिमेन्ट उद्योगले क्षमताभन्दा न्यूनमात्रामा सिमेन्ट उत्पादन गर्दै आएका छन् । नेपाल सिमेन्ट उत्पादक सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेले सिमेन्टको माग न्यून हुँदा क्षमताअनुसार उत्पादन नभएको बताउनुभयो । निर्माणको समय सुरु भए तापनि बजारमा चहलपहल नहुँदा न्यूनमात्रामा सिमेन्ट खपत हुन थालेको उहाँको भनाइ छ ।

उहाँले पछिल्लो केही दिनयता धेरै सिमेन्ट उद्योगले १५ देखि एक महिनाको समय राख्दै उद्योगले न्यूनमात्रामा न्यून उत्पादन गर्न थालेका छन् । गत भदौमा मात्र गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर प्रमाण चिह्न ९एनएस० पाएको हुवासिन सिमेन्टले सीमितमात्रामा मात्रै उत्पादन गरिरहेको छ ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार सिमेन्टको माग कम हुँदा केही समयका लागि उत्पादन कटौती सीमित गरिएको छ । सिमेन्ट उत्पादकका अनुसार एक दर्जन हाराहारीमा उद्योग बन्द छन् । बजारमा सिमेन्टको बिक्रीवितरण भइरहेको भए पनि उद्योगमा उत्पादन भने कटौती गरिएको र सटडाउनकै अवस्थामा छभन्दा पनि फरक नपर्ने उहाँको भनाइ छ ।

उत्पादन लागतभन्दा कम मूल्यमा ठूलो रकम नोक्सानी व्यहोरेर सिमेन्ट बिक्री गरिएको कम्पनीको दाबी छ । “हामीले उद्योग स्थापना गरेसँगै विभिन्न खालको समस्या बेहोर्नुपरेको थियो, अहिले बजारमा आर्थिक मन्दी आउँदा ठूलो रकम नोक्सानी खाएर भए पनि सिमेन्ट बिक्री सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “बजारमा सिमेन्टको माग नहुँदा सञ्चालन खर्चमा मात्र वृद्धि भयो । सञ्चालन खर्च र धेरै मौज्दातका कारण केही समय न्यून उत्पादन गर्नुपरेको छ ।”रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

  • दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

  • सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

  • समाचार
    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    दुई महिने सिलाइ–कटाइ तालिम सकियो

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    सिद्धलेकमा ‘समुदायसँग अदालत’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    नेत्रावती डबजोङमा तीनदिने विपद् पूर्वतयारी तथा व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0