Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

नेपाललाई खेलकुदबाट चिनाउने पाँच महिला खेलाडी

१६६४ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (४ साल अघि)
Post Thumbnail

आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । 

न्युज कारखानाले यस्ता पाँच खेलाडीले नाम तयार पारेको छ । जसले नेपालको   शिर उचो बनाएका छन  । यस पात्रमा पर्छन, गौरिका सिंह, सावित्रा भण्डारी, सविता राज भण्डारी, आयशा शाक्य र संंगिना बैद्य ।

१, गौरिका सिंह, पौडी
२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी तर्फ चार स्वर्ण । यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन् । यस अघि उनलाई कमैले चिनेका थिए । गौरिका धेरै लण्डनमा बस्छिन् । पौडी खेलाडी उतै अभ्यास गर्छिन् । मात्र नेपालमा प्रतियोगिताको अन्तिम तयारी र सहभागीताका लागि आउने गर्छिन् । 

गौरिकाले सन् २०१६ मा भएको १२औं सागमा पनि एक रजत र तीन कास्य जितेकी थिईन् । गोवाहटीमा उनले प्राप्त गरेको उपलब्धीनै पौडीले जितेको पहिलो उपाधि रह्यो । उमेरले २० लाग्दै गरेकी गौरिका हाल समेत नेपाल बाहिर नै छिन् । महिला दिवसको दिन मात्रै हैन, हरेक महिलाको खेलकुदमा कुरा चल्दा गौरिका औलामा गनिने खेलाडी हुन्। 

२, सावित्रा भण्डारी, फुटबल 
सावित्रा भण्डारी, उपनामले साम्बा अर्थात नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड । घरेलु बन्धन र सामाजिक परिधि नाघेर आपूmलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा । गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ । 

देश तथा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी सावित्राले अन्तरराष्ट्रिय गोल ३८ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन् । एपीएफ जागिरे समेत रहेकी सावित्रा आफूले खेलेको प्रतियागितामा सधै सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् । 

घरेलु फुटबलमा उनले गरेको गोलको कुनै लेखाजोखा नै छैन । मात्र छ त अन्तरराष्ट्रिय खेलको । उनले एक महिला भएर यो स्थानसम्म आउनुमा सबै दुख भोगेकी पनि छिन् । जमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप, साग गेम्स हुँदै ओलम्पिक छनोटको दोस्रो चरण समेत खेलेकी छिन् । हाल चोटका कारण रिकवरी हुने तयारीमा रहेकी सावित्राले माल्दिभ्सको फुटसल लिग र भारतको महिला लिगमा समेत आफ्नो छाप छाडेकी छिन् । 

३, सविता राज भण्डारी, तेक्वान्दो
साविता राज भण्डारी हाल नेपालमा त छैनन् तर उनको चर्चा नेपालमा सधै भईरहन्छ । यति मात्रै हैन, विशेष खेलकुद क्षेत्रमा । तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन् । 

हाल अमेरिकामा रहेकी सविताले सन् १९९८ को डिसेम्बरमा आयोजना भएको १३औं एसियाली खेलकुदमा आफ्नो प्रतिभा देखाउँदै रजत पदक जिताईन् । घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन् । 

सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक जितिन् । सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का पाँचौ डान प्राप्त खेलाडी हुन् । सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै चलिरहेको हुन्छ । 

४, आयशा शाक्य, तेक्वान्दो
नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितिन् । महिला खेलाडीले पाएको सफलतामा यो पनि थोरैमा रहने गर्छ । ललितपुर पाटनकी आयशाले तेक्वान्दोेमै साग गेम्समा चार स्वर्ण पदक विजयी तथा ओलम्पियन दीपक विष्टसँगै विवाह बन्धनमा बाधिएकी छिन् ।

११औं सागमा स्वर्ण तथा १२औं सागमा आयशाले रजत पदक जितेकी छिन् । दुई छोराकी आमा बनेर पनि नेपाललाई १३औं सागमा दोहोरो स्वर्ण पदक जिताएपछि आयशाको चर्चा झनै चुलिएको थियो । 

५, संगिना बैद्य, तेक्वान्दो
नेपाली खेलकुदले पाएको र सधै चर्चामा रहने ठुलो नाम हो संगिना बैद्य । अन्तरराष्ट्रिय खेलकुदमा नेपालका लागि गर्भ गर्न लायक क्षण कमै हुन्छन् । तर त्यसलाई संगिनाले परास्त गरिन् । सन् २००४ को फेब्रुअरीमा भएको एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियागिताको संयुक्त रुपमा आयोजना भएको थियो । 

थाईल्याण्डमा भएको उक्त महिला ‘फ्लाई वेइट’मा संगिता विजयी हुँदै ओलम्पिकमा छनोट भएर सहभागीता जनाउने पहिलो नेपाली खेलाडी बनेकी थिईन् । जसको चर्चा निकै नै भएको थियो र भईरहन्छ । नुवाकोट स्थायी भएकी संगिना हाल तेक्वान्दो प्रशिक्षकका रुपमा रहेकी छिन् । खेलाडीको रुपमा संगिनाले ३१ प्रतियोगितामा सहभागी भएर २० स्वर्ण, १ रजत र ४ कास्य जितेकी छिन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

    म्यागङ अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास जित्यो

  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले जित्यो

  • नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

    नीलकण्ठका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन नगरपालिकाले पूर्ण सहयोग गर्ने : मेयर ढुङ्गाना

  • नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

    नीलकण्ठलाई खेलकुदको ‘हब’ बनाउँछौँ, सीमित स्रोतका बाबजुद खेलाडीलाई प्रोत्साहन : मेयर ढुंगाना

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0