ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङबेशी , ६ फागुन । नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकालाई शिक्षाको मात्र नभई खेलकुदको समेत ‘हब’ (केन्द्र) बनाउने उद्घोष गर्नुभएको छ। आज ‘दोस्रो नीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले नगरको खेलकुद विकासप्रति यस्तो प्रतिबद्धता जनाउनुभएको हो।
मेयर ढुङ्गानाले वि.सं. २०७४ सालदेखि नै नगरपालिकाले फुटबल, ब्याडमिन्टन, र फुटसल लगायतका विभिन्न विधामा जोड दिँदै आएको स्मरण गराउनुभयो। “हामीले नीलकण्ठलाई शिक्षाको हब बनाइसकेका छौँ, अब खेलाडीहरूको पनि हब बनाउनुपर्छ भनेर यो दोस्रो मेयर कप आयोजना गरिएको हो,” उहाँले भन्नुभयो।
सीमित स्रोतका बीच पनि निरन्तरता
देशको वर्तमान आर्थिक अवस्था र नगरपालिकाको सीमित आन्तरिक स्रोतका बाबजुद खेलकुदलाई प्राथमिकतामा राखिएको उहाँको दाबी छ। “हाम्रो साधन र स्रोत सीमित छ, र भएको बजेट पनि हरेक वर्ष कटौती हुँदै गइरहेको छ,” मेयर ढुङ्गानाले थप्नुभयो, “तर पनि हिजोका प्रतिबद्धता र कार्यक्रमहरूलाई हामीले कुनै पनि परिस्थितिमा रोकेका छैनौँ र निरन्तरता दिइरहने छौँ।”
ओझेलमा परेका प्रतिभालाई अवसर
गाउँ-गाउँ र कुना-काप्चामा रहेका प्रतिभावान खेलाडीहरू अवसरबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले मेयर कप आयोजना गरिएको उहाँले प्रस्ट पार्नुभयो। “कुना-काप्चामा रहेका खेलाडीहरूलाई अवसर दिएर यहाँबाट प्रदेश, केन्द्र र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्नु हाम्रो लक्ष्य हो,” उहाँले विश्वास व्यक्त गर्नुभयो।
नीलकण्ठका खेलाडीहरूले यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेर देशको मान बढाएको उल्लेख गर्दै उहाँले नयाँ खेलाडीहरूलाई पनि सोही उच्च मनोबलका साथ अघि बढ्न प्रोत्साहन दिनुभयो। साथै, नगरपालिकाले आफ्नो क्षमताअनुसार उत्कृष्ट खेलाडीहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको र आगामी दिनमा पनि यसलाई जारी राख्ने उहाँले जानकारी दिनुभयो।
प्रतियोगिताको सफलताको शुभकामना दिँदै मेयर ढुङ्गानाले विधिवत रूपमा खेलको उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ यसैगरि उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |