वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी, १० बैशाख । धादिङबेसीमा सम्पन्न १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पारेको छ । नीलकण्ठले २० स्वर्ण ९ रजत ९ कास्य पदकसहित समग्रमा प्रथम स्थान हासिल गर्दै लगातार चौथो पटक १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा रुबीभ्याली गाउँपालिका ९ स्वर्ण २ रजत १ कास्य सहित दोस्रो र गजुरी गाउँपालिका ८ स्वर्ण ९ रजत ७ कास्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
बैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार एक औपचारिक समारोहका बीच समापन गरिएको हो । प्रतियोगितामा ज्वालामुखी गाउँपालिकाले ५ स्वर्ण, थाक्रे गाउँपालिकाले ४ स्वर्ण, त्रिपुरासुन्दरी गाउँपालिकाले ३ स्वर्ण पदक जितेका छन् । गल्छी, सिद्धलेक र धुनिबेसीले समान १–१ स्वर्ण जित्दा नेत्रावती डबजोंग र गंगाजमुना गाउँपालिकाले पनि १–१ स्वर्ण पदक हासिल गरेका छन्। बेनिघाट रोराङ र खनियाबास गाउँपालिकाले भने कास्य पदकमात्र जितेका छन् ।
समापन तथा पुरस्कार वितरण समारोह जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुङ्गाना तथा विशेष अतिथिका रूपमा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएका खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जनाइएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।