बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेसी,३ असोज । धादिङ जिल्ला भलिबल संघको नेतृत्व अमृत तामाङले सम्हाल्नुभएको छ। शनिबार धादिङबेसीमा सम्पन्न संघको पाँचौँ जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन हुनुभएको हो।
अधिवेशनले सिद्धलेकका दिलीप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गानालाई उपाध्यक्षको जिम्मेवारी दिएको छ। नीलकण्ठका उत्तम भट्ट सचिव र सिद्धलेकका सोम श्रेष्ठ कोषाध्यक्षमा चयन हुनुभएको छ। कार्यसमिति सदस्यमा सीता श्रेष्ठ, ठमबहादुर मगर, बुद्धिबहादुर थापा र आइतराम गुरुङ रहनुभएको छ।
अधिवेशन उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लामा भलिबलको विकासका लागि संघ, खेलाडी, प्रशिक्षक र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। धादिङबाट क्षमतावान् खेलाडी उत्पादन गरी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
संघका निवर्तमान अध्यक्ष अमृत गुरुङ (तिलक) ले आफ्नो कार्यकालमा संस्थालाई सक्रिय बनाउनुका साथै जिल्लामा भलिबल प्रतियोगिता र अन्य गतिविधिलाई निरन्तरता दिएको बताउनुभयो। विगतमा सुरु गरिएका सकारात्मक कामलाई नयाँ कार्यसमितिले अगाडि बढाउँदै खेलाडी उत्पादन र खेलको प्रवर्द्धनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी विभिन्न तहका भलिबल संघका पदाधिकारीले नियमित प्रतियोगिता सञ्चालनका कारण धादिङ जिल्ला भलिबल संघ सक्रिय संस्थाका रूपमा स्थापित भएको बताएका थिए। बागमती प्रदेशभित्र धेरै भलिबल प्रतियोगिता आयोजना हुने जिल्लामध्ये धादिङ पनि अग्रस्थानमा रहेको उनीहरूको भनाइ थियो।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा भलिबलको विस्तार, नयाँ खेलाडी उत्पादन तथा प्रतियोगितालाई नियमित र व्यवस्थित बनाउने कामलाई प्राथमिकता दिने जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |