Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र १०, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण रोटरी क्लब अफ धादिङद्धारा देउराली  मा.विमा वृक्षरोपण 
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम

खेलकुदलाई शिक्षाको मूल विषय बनाइने

७३१ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार (३ साल अघि)
Post Thumbnail

काठमाडौं । खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र  भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याए ।

राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा  बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ । अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ । यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ । उनी भन्छन्, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न । शिक्षा प्रमुखः खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ ।”

शिक्षालाई  जागिर खाने, व्यवसायमा प्रवेश गरी आर्जन गर्ने माध्यमका रुपमा  बुझिन्छ भने खेलकुदलाई व्यक्ति विशेषका रुचिसँग मात्रै हेरिएको छ । अभिभावकले मात्र हैन शिक्षकले समेत खेलिरहेका बालबालिकालाई हप्काउने प्रवृत्तिले खेल क्षेत्रकै विकासमा बाधा अड्चन खडा गरेको छ । आफ्ना बालबालिका खेल विधामा प्रवेश गरेको भनी गौरव गर्ने अवस्था अझै समाजमा विकसित भइसकेको देखिन्न, जुन चिन्तनमा अब व्यापक सुधारको खाँचो छ ।
  
शक्तिशाली र आर्थिक पाटोबाट समृद्ध मुलुकका उच्च ओहोदाका व्यक्तिको तुलनामा  खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान माथि छ । ब्राजिल, जर्मन, स्पेन, बेल्जियम, डेनमार्क, क्यामरुन, अर्जेन्टिना, इटालीलगायतका मुलुकमा खेलाडीको हैसियत संसारका कुनै राजनीतिक खेलाडीभन्दा कमजोर छैन ।

दक्षिण एसियाली मुलुककै कुरा गर्दा पनि यस क्षेत्रका क्रिकेटप्रतिको सम्मान कुनै राजनेताभन्दा बलियो छ । युरोेपेली र अफ्रिकी देशमा फुटबल खेलाडीप्रति लोकप्रियता अझ शिखरमा छ । विश्व वरियातामा रहेका क्रिकेट होस् वा फुटबल खेलका चर्चित खेलाडी युवापुस्तका लागि मात्र होइन, हाम्रै मुलुकका कयौँ पुराना नेताका फ्यान छन् । विश्वका प्रमुख खेलाडीको नाम अहिलेको युवा पुस्तामा मुखाग्र छ, तर त्यही देशका राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको नाम जान्दैनन्, चिन्दैनन् । कुनै मुलुक विशेषभन्दा खेल रङ्गशाला र मैदानको नाम कण्ठस्थ छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बताउनुहुन्छ, “राज्यको उच्च प्राथमिकतामा राखिनुपर्ने खेलकुद क्षेत्रलाई आवश्यकताका आधारमा नभई दयाका आधारमा बजेट छुट्याइने गरेकोप्रति गम्भीर असहमति छ । खेलकुदप्रतिको बुझाइमा व्यापक परिवर्तन ल्याउनपर्छ ।” राजनीतिक दलले खेलाडीलाई सत्तामा पुग्ने भ¥याङकारुपमा प्रयोग गर्दै आएको समेत आरोप छ ।

मुलुकमा अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएका कारण प्रतिभाशाली  खेलाडी अवसर प्राप्तिमा ओझेलमा पर्ने गरेको घटना सुनिँदै आएको छ । राजनीतिक हस्तक्षेपकै कारण कतिपय प्रतिभावान खेलाडीको मनोबल घटाएको छ, कमजोर तुल्याएको छ । खेलकुद विधामा लागेकै कारण हाम्रै कतिपय नेपाली खेलाडी विश्वमा कहलिएका छन् । विभिन्न देशका रङ्गशाला हुन वा खेल मैदानमा मुलुकको शान राष्ट्रिय झण्डा फहराउने र राष्ट्रिय गान घन्काउने अवसर खेल विधाले मात्रै प्रदान गर्दैआएको छ ।

खेलकुदका लागि पूर्वाधार, प्रतिभाशाली खेलाडी छनोट र प्रतियोगिता आवश्यक शर्त मानिन्छ । खेल विधा र खेलाडीको महत्व समाजलाई मात्र होइन, सरकारलाई पनि बुझाउन जरुरी छ । मुलुकको खेलकुद क्षेत्रको बजेट विनियोजनको परम्परागत ढर्राले न खेल नत खेलाडीलाई नै प्रेरित गर्न सकेको छ । खेलकुद विधालाई आकर्षित गर्न यसलाई पेसा व्यवसाय बनाएर आयआर्जन गर्न सकिन्छ भन्ने मान्यता र मानसिकता स्थापित गर्न आवश्यक देखिएको छ ।

विश्वका धेरै देशमा पर्यटक भित्र्याउने र आर्थिक उपार्जन गर्ने मुख्य माध्यम नै खेलकुद बनिरहेको छ । खेलकुदले मानिसलाई समूहमा काम गर्न र समयको महत्व सिकाउँछ । खेलकुदको विकासमा रेफ्री र प्रशिक्षकको पनि ठूलो हात रहन्छ । खेलकुद क्षेत्रमा लागेर आयआर्जन गरेको विगतमा हामी कहाँ उदाहरण नभए पनि पछिल्ला समय कयौं खेलाडी विभिन्न क्लबमा अनुबन्धन  हुनु  यस क्षेत्रका लागि सफल उदाहरण हो ।

सचिव रेग्मी भन्छन्, “विद्यालयस्तरबाटै खेलकुद र पढाइलाई सँगसँगै लैजानुपर्छ । खेलकुदसग सम्बन्धित विद्यालय, एकेडेमी र विश्वविद्यालय खोल्न पर्छ । पढाइमा सबै विद्यार्थीको एउटैस्तर हँुदैन । कुन कक्षाबाट कुन विद्यार्थीलाई कसरी खेलसँग जोड्ने भनी स्पष्ट नीति ल्याउनुपर्छ ।” प्रतियोगिता र प्रतिस्पर्धा नहुँदा प्रयोग गर्न नपाएर विद्यार्थीबाट खेल्नेमात्र काम भएको बताउँदै उहाँले विद्यालय तहमै खेलकुदका गतिविधि र प्रतिस्पर्धा बढाउन अब बालबालिकाका लागि खेल प्रतियोगिता हुन प¥यो, त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाउने तयारी गरेको छ ।

बालबालिका तहमै खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले ओलम्पिकमै पनि चिल्ड्रेन विधा जोडी सकिएको छ । मुलुकका बालबालिका र युवा जनशक्तिलाई खेलकुद क्षेत्रमा प्रेरित गर्न तलबभत्ता, पुरस्कार र पेन्सन सुनिश्चित गर्न सल्लाह दिइएको छ । खेलकुद विधालाई शिक्षासँग आबद्ध गर्न, आयआर्जनका लागि पेसा÷व्यवसायसँग जोड्ने तथा खेलकुद विद्यालय नै खोल्न विज्ञको सुझाव छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

    न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

  • जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

    जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

  • मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

    मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

  • १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

    १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कपको उपाधि किस्पाङले जित्यो

  • समाचार
    लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

    लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

    नीलकण्ठमा खानेपानी,सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका पदाधिकारीद्वारा सपथ ग्रहण

    नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

    नीलकण्ठ नगरपालिकाद्वारा मन्त्री शिवराज अधिकारीलाई सम्मान,सिडियो,एसपी र डिएसपीलाई स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0