धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
मेडिकल कलेजले विद्यार्थीबाट बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अनुगमन थालेका छन् । कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका बेला बिहीबार मन्त्री पोडेल भक्तपुरको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर समस्याबारे जानकारी लिएका हुन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका मन्त्री पौडेलले कलेजका प्रिन्सिपल डा. रतिन्त्रनाथ श्रेष्ठसँग विद्यार्थीको आन्दोलन र कलेजले बढी शुल्क लिएको भन्ने विषयमा जानकारी लिएका थिए ।
सो क्रममा प्रिन्सिपलले आफूहरुले बढी शुल्क नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या भएको पटक पटक मन्त्रीसँग गुनासो गरे ।
यसपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई विद्यार्थीका प्रतिनिधि, अभिभावक र कलेजका प्रतिनिधिबीच छलफल राखेर मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिए ।
साथै मन्त्री पौडेलले आफूहरूले शुल्क बढी नलिए प्रमाणित गर्न प्रिन्सिपल श्रेष्ठलाई चुनौती पनि दिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे वार्ता गराउने भएकी छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |