धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
खेलकुद क्षेत्रको विकास गर्नको लागि नीलकण्ठ नगरपालिका तयार रहेको मेयर भिम प्रसाद ढुंगानाले बताउनु भएको छ ।खेलकुद क्षेत्रको विकास गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सकिने भन्दै मेयर ढुंगानाले नीलकण्ठ नगरपालिका खेलकुद गतिविधि अघि बढाउन तयार रहेको समेत स्पष्ट पार्नुभएको छ ।अन्तराष्ट्रिय तथा राष्ट्रिय विजेता खेलीडीहरुबीच आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले खेलाडीलाई निर्धक्क भएर खेलक्षेत्रमा लाग्नको लागि सरकारले प्रत्याभुती गराउनुपर्ने बताउनुभयो ।

स्थानीय सरकार र संघबीचको सहकार्यमा ठुलो खेलकुदका गतिविधि बढाउन सकिने भन्दै उहाँले त्यसको लागि नगरपालिका हातेमालो गर्न तयार रहेको समेत बताउनुभयो। खेलक्षेत्रमा लाग्ने खेलाडीलाई सम्मान तथा खेलक्षेत्रबाट हुने पलाय रोक्न सकेमात्र खेलक्षेत्रको विकास हुने बताउनुभयो ।युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुल बहादुर महत,सामाजिक विकास शाखाका संयोजक कल्पना रेग्मी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङ,नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोइरालाको आतिथ्य रहेको थियो । कार्यक्रममा अन्तराष्ट्रिय तथा राष्ट्रिय पदक विजेता र खेलक्षेत्रमा लागेका खेलाडीहरुको सहभागिता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |