नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १५, शनिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
  • रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
  • नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
  • यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
मुख्य समाचार
धादिङ

शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भने आगामी सोमबार चयन गरिने
नीलकण्ठ एफ.एम
  • २०८३ कार्तिक १५, शनिबार
  • १ घण्टा अघि
  • ४ मिनेट पढाइ
  • १५६१ पटक पढिएको
शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

धादिङ, १४ कात्तिक । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयमा शिक्षक–अभिभावक संघ पुनर्गठन गरिएको छ । शुक्रबार सम्पन्न अभिभावक भेलाले भूमि डल्लाकोटीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरेको हो ।

विद्यालय परिसरमा आयोजित भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार जना अभिभावक प्रतिनिधिसमेत चयन गरेको छ । यसरी चयन हुने अभिभावकहरुमा सन्तोष पौडेल,चन्द्र कुमारी लायो मगर, चन्द्र कुमारी शाहि ठकुरी, डोर बहादुर सिँह ठकुरी र सरिता थापा घिमिरे रहेका छन् । समितिको अध्यक्ष भने आगामी सोमबार चयन गरिने कार्यक्रम रहेको छ ।

बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक तथा अभिभावकहरूको सहभागिता रहेको थियो । गाउँपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलको संयोजकत्वमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ पुनर्गठनको प्रक्रिया सञ्चालन गरिएको हो ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यको योग्यतासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । संशोधित व्यवस्थाअनुसार समिति गठन हुनुभन्दा अघिल्लो पाँच वर्षको अवधिमा राजनीतिक दलको सदस्यता लिएको व्यक्ति समितिको अध्यक्ष वा सदस्य बन्न अयोग्य हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, शिक्षक वा कर्मचारीबाट अवकाश पाएको दुई वर्ष पूरा नभएका व्यक्तिले पनि व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य बन्न नपाउने व्यवस्था छ । विद्यालयमा सञ्चालित सबैभन्दा माथिल्लो कक्षा वा सोसरहको परीक्षा उत्तीर्ण नगरेका व्यक्तिलाई समेत समितिमा रहने योग्यतासम्बन्धी प्रतिबन्ध लगाइएको छ ।

सरकारले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक हस्तक्षेप घटाउने तथा विद्यालयको शैक्षिक प्रशासन र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नियमावली संशोधन गरेको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा स्थानीय तहको शिक्षा शाखाको भूमिका रहने व्यवस्था गरिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार, पठनपाठनको अनुगमन, पूर्वाधार व्यवस्थापन तथा विद्यालय र अभिभावकबीचको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको भूमिका रहने गर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन मुख्य समाचार

पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन

३६ मिनेट अघि
स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन मुख्य समाचार

स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

१ घण्टा अघि
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन मुख्य समाचार

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

१ घण्टा अघि
पोखरामा लायन्स क्लब अफ धादिङ समाजको औपचारिक चार्टर मुख्य समाचार

पोखरामा लायन्स क्लब अफ धादिङ समाजको औपचारिक चार्टर

२ घण्टा अघि
चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने मुख्य समाचार

चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने

१३ घण्टा अघि
स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण । समाचार

स्रोत परिचालन सहकारीको ३०औँ स्थापना दिवसमा बाल बचतकर्तालाई स्टेशनरी वितरण ।

१ दिन अघि
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह मुख्य समाचार

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

२ दिन अघि
सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न मुख्य समाचार

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२ दिन अघि
धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल मुख्य समाचार

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

३ दिन अघि
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड मुख्य समाचार

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

३ दिन अघि
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ मुख्य समाचार

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ

४ दिन अघि
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

५ दिन अघि
समाचार
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन

पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन

स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

शंखादेवी माविमा शिक्षक–अभिभावक संघ पुनर्गठन, अध्यक्षमा डल्लाकोटी

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0