नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १३, बिहिबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
  • कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
  • स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
  • नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
  • मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
मुख्य समाचार
धादिङ

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

आप्रवासी स्रोत केन्द्रबाट हालसम्म ८ हजार १८३ जनाले सेवा लिएका छन् ।
नीलकण्ठ एफ.एम
  • २०८३ कार्तिक १२, बुधबार
  • १ दिन अघि
  • ५ मिनेट पढाइ
  • २७०५ पटक पढिएको
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

धादिङबेशी,११ कात्तिक । सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना, सीप विकास, कानुनी सहायता र आवश्यक कागजातको व्यवस्थापनमा ध्यान दिनुपर्ने भएको छ । वैदेशिक रोजगारीमा हुन सक्ने ठगीबाट बच्न स्थानीय सरकार, कर्मचारी र जनप्रतिनिधिबीच समन्वय र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

नीलकण्ठ नगरपालिकामा आजदेखि सुरु भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको दुईदिने वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा वक्ताहरूले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।

बागमती प्रदेश सरकारका प्रदेश कार्यक्रम संयोजक सागर विक्रम बस्नेतले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना लिन, आवश्यक सीप तालिम हासिल गर्न र कागजात तयार गर्न आग्रह गर्नुभयो । उहाँले तपाइँ वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ भने इजाजतप्राप्त म्यानपावरमार्फत मात्र प्रक्रिया अघि बढाउन, आर्थिक कारोबारको प्रमाण सुरक्षित राख्न र आफूले काम गर्ने कम्पनी तथा सम्पर्क विवरण परिवारलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

बिचौलियाबाट हुन सक्ने ठगीबाट बच्न स्थानीय तहले सामी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । यसका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्थापन गर्नसमेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक दिनेश दुवाडीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार आप्रवासी स्रोत केन्द्रबाट हालसम्म ८ हजार १८३ जनाले सेवा लिएका छन् । त्यसैगरी, वित्तीय साक्षरताअन्तर्गत विद्यालयस्तरका २० र समुदायस्तरका २० समूहमा सञ्चालन गरिएका कार्यक्रम शतप्रतिशत सम्पन्न भएका छन् ।

नीलकण्ठ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकनाथ उपाध्यायले तपाइँ वैदेशिक रोजगारीका क्रममा कुनै समस्या भोगिरहनुभएको छ भने त्यसको समाधानका लागि सुरुदेखि अन्त्यसम्म सहजीकरण गर्न सम्बन्धित कर्मचारी, जनप्रतिनिधि र निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता कम गर्न स्वदेशमै रोजगारीका अवसर पहिचान गर्ने, तथ्याङ्क संकलन गर्ने र सीप विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सामी कार्यक्रमका कार्यक्रम अधिकृत भोजराज सुनारले विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सम्भव भएसम्म स्वदेशमै रोजगारीका अवसर खोज्न र वैदेशिक रोजगारीमा जानैपर्ने अवस्था भए सही सूचना तथा आवश्यक सीप हासिल गरेर मात्र जान आग्रह गर्नुभयो ।

नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न स्थानीय तहका मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता सहजकर्ता तथा सामी कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम भोलि सम्पन्न हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह मुख्य समाचार

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

११ घण्टा अघि
सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न मुख्य समाचार

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

११ घण्टा अघि
धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल मुख्य समाचार

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ दिन अघि
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ मुख्य समाचार

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय धादिङ

२ दिन अघि
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु शिक्षा

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

३ दिन अघि
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल राजनीति

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

३ दिन अघि
एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै खेलकुद

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

३ दिन अघि
सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान मुख्य समाचार

सल्यानटार खानेपानी आयोजना अन्तिम चरणमा, एक हजार सात सय घरमा धारा जडान

४ दिन अघि
पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल मुख्य समाचार

पुनर्निर्माणमा संघसँग पर्याप्त समन्वय हुन सकेन : मन्त्री पौडेल

४ दिन अघि
मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती मुख्य समाचार

मलेखुको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप, पैदलयात्रुलाई समेत सास्ती

४ दिन अघि
धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ अपराध

धादिङमा एक महिनामा ५७ फरार प्रतिवादी पक्राउ

४ दिन अघि
रुविभ्याली पदमार्ग खुला मनोरन्जन

रुविभ्याली पदमार्ग खुला

४ दिन अघि
समाचार
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

सामी कार्यक्रमको दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0