Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

३२२५ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ११, सोमबार (१ हफ्ता अघि)
एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

धादिङ,११ जेठ

धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ। विद्यालयले उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम प्रसाद ढुंगाना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक षष्ठी कुमार श्रेष्ठले विद्यालयले हालसम्म सञ्चालन गरेका शैक्षिक कार्यक्रम, उपलब्धि तथा प्रगतिबारे जानकारी गराउँदै एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो। कार्यक्रममा एसइई २०८२ मा उत्तीर्ण ४१ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुंगानाले चिल्ड्रेनपार्क आवासीय माविले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सफल विद्यार्थीहरुलाई बधाई दिनुभयो। उहाँले विद्यालयले अभिभावकको चाहना र समयको आवश्यकता अनुसार गुणस्तरीय शिक्षामा ध्यान दिँदै आएको बताउनुभयो।नगरपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत उल्लेखनीय सुधार आएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो। अभिभावकहरुले विद्यालयप्रति धन्यवाद व्यक्त गर्दै चिल्ड्रेनपार्क आवासीय मावि बालबालिकाको दोस्रो घरका रूपमा स्थापित भएको प्रतिक्रिया दिएका थिए। विद्यालयले बालबालिकाको भावना बुझेर अध्यापन गरिरहेको अभिभावकहरुको भनाइ थियो। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने अभिभावकहरूलाई विद्यालयप्रतिको विश्वास, सहकार्य र सकारात्मक भूमिकाका लागि विशेष सम्मान प्रदान गरिएको थियो।

 

विद्यार्थीहरूले प्रस्तुत गरेका सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरूले समारोहलाई अझ आकर्षक, उल्लासमय र स्मरणीय बनाएका थिए। यसैबीच  उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भएका अंग्रेजी शिक्षक दिपक रेग्मीलाई विशेष सम्मान गरिएको थियो। साथै लामो समयसम्म विद्यालयमा समर्पित सेवा प्रदान गरी बिदाइ हुनु भएका शिक्षिकाहरू मनिषा तामाङ, सजिना श्रेष्ठ र शान्ता चौलागाईंलाई सम्मानपत्र सहित बिदाइ गरिएको थियो। विद्यालय परिवारले SEE Batch 2082 का सम्पूर्ण विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0