धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी, १५ वैशाख । धादिङमा अब हुलाक कार्यालयमार्फत घरघरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र हुलाक कार्यालय धादिङबीच आज सेवा सञ्चालनसम्बन्धी सम्झौता भएपछि राहदानी विभागबाट छापिएर आएका राहदानीहरू हुलाकमार्फत सेवाग्राहीको घरमै वितरण गरिने भएको हो ।
सम्झौताअनुसार नीलकण्ठ नगरपालिका भित्र उक्त सेवा आजैदेखि लागू गरिएको छ भने जिल्लाका अन्य पालिकाहरूमा जेठ १ गतेदेखि सेवा विस्तार गरिने जनाइएको छ । अब राहदानी बनाउँदा नै सेवाग्राहीले आफ्नो ठेगाना स्पष्ट उल्लेख गरेपछि सोही आधारमा हुलाक कर्मचारीहरूले घरमै राहदानी पु¥याउने व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीका अनुसार हाल राहदानी वितरणबाट सुरु गरिएको यो सेवा छिट्टै नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्म विस्तार गर्ने तयारी गरिएको छ। सरकारले सार्वजनिक सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित ल्याएको १०० दिने कार्ययोजनाअन्तर्गत हुलाक सेवालाई ‘गभरमेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्दै यस्ता कागजात घरमै पुर्याउने नीति अनुरूप धादिङमा यो सेवा कार्यान्वयनमा आएको हो ।
हुलाक कार्यालय धादिङका कार्यालय प्रमुख नारायण प्रसाद पोखरेलले उपलब्ध जनशक्ति परिचालन गरी नीलकण्ठ नगरपालिका वडा न ३ मा सोही दिनमै अन्य स्थानमा सकेसम्म छिटो राहदानी पुर्याईने गरिने जानकारी दिनुभयो । सरकारी सेवा घरमै उपलब्ध हुने भएपछि सेवाग्राहीहरूमा उत्साह देखिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |