Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

बिनोद तमु(बल्लु) ५८७७ पटक पढिएको प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार (५ महिना अघि)
एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

धादिङ, ०४ चैत्र ।
बिनोद तमु (बल्लु)
कुनै समय थियो, नेपालको सार्वभौमिकता सगरमाथाको उचाइ र कालापानीको माटोमा खोजिन्थ्यो । तर आज, नेपालको वास्तविक सिमाना लिपुलेकको फेदीमा होइन, तपाईंको हातमा भएको मोबाइलको ’डिस्प्ले’ भित्र खुम्चिएको छ । हामीले झण्डा त आफ्नै फहराइरहेका छौँ, तर त्यो झण्डा कतिबेला र कसका विरुद्ध हल्लाउने भन्ने निर्णय भने क्यालिफोर्निया वा बेइजिङका सर्भरमा बसेका ‘एल्गोरिदम’ले गरिरहेका छन् ।
२१औँ शताब्दीको नेपाल कुनै बाह्य सैन्य घेराबन्दीमा छैन, यो त एउटा ‘डिजिटल घेराबन्दी’मा छ । जहाँ युद्ध बन्दुक र ट्याङ्कले होइन, ‘टिकटक ट्रेन्ड’ र ‘फेसबुक सेयर’ले लडिँदैछ ।

हाम्रो लोकतन्त्र अहिले ’लाइक’ र ’भ्यूज’को दास बनेको छ । आजको फेसबुक, टिकटक र युट्युब जस्ता प्लेटफर्महरू कुनै परोपकारी संस्था होइनन् । यिनीहरूको मुख्य धर्म त ’इन्गेजमेन्ट’ हो र, एल्गोरिदमलाई राम्ररी थाहा छ “एउटा शान्त र बौद्धिक बहसभन्दा एउटा चर्को गालीगलौज, उत्तेजक भाषण र अफवाहले धेरै मान्छेलाई स्क्रिनमा टाँसिइराख्न मद्दत गर्छ ।”

नेपालमा अहिले नीतिभन्दा ’ट्रेन्ड’ बलियो भएको छ । सिंहदरबारका फाइलहरूभन्दा सामाजिक सञ्जालका ’स्टाटस’ले मानिसहरुको प्राथमिकता तय गर्न थालेका छन् । अनि त्यहि प्राथामिकताले सरकारलाई दबाब पनि दिइरहन्छ । जब कुनै विषयमा गहिरो अध्ययन नै नगरी ’भिड’ले फैसला सुनाउँछ, तब बुझ्नुहोस्— लोकतन्त्रको चालक सिटमा कुनै विवेकशील नागरिक होइन, एउटा निर्जीव एल्गोरिदम बसेको छ ।
अहिलेका युवाहरू (जेन्जी) त एउटा यस्तो संसारमा बाँचिरहेका छन् जहाँ ’फिल्टर’ नगरिएको अनुहार र ’एडिट’ नगरिएको जीवनको कुनै मूल्य छैन ।

एल्गोरिदमले उनीहरूलाई त्यही मात्र देखाउँछ, जुन उनीहरू सुन्न वा देख्न चाहन्छन् । यसले बिचारको ’इको चेम्बर’ (प्रतिध्वनि कोठा) निर्माण गरेको छ, जहाँ आफ्नो विचारसँग नमिल्ने मान्छे सिधै ’शत्रु’ घोषित हुन्छ । “हिजो छिमेकीसँग चिया खाँदा फरक मत सुनिन्थ्यो, आज मोबाइलले हामीलाई आफ्नै विचारको दास बनाइदिएको छ ।” यस्तो मनोवैज्ञानिक दबाबले सिर्जना गरेको सामूहिक आक्रोश कुनै पनि बेला विस्फोट हुन सक्छ। यो आक्रोशलाई बाह्य शक्तिहरूले ’प्रोक्सी वार’का लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्ने जोखिम नेपालजस्तो भू–राजनीतिक संवेदनशीलता भएको देशमा झन् बढी छ ।

उसोभए के हामी साँच्चै स्वतन्त्र छौँ त ?

अवस्य छैनौं । तपाईंलाई लाग्ला “म त आफ्नै इच्छाले स्क्रोल गर्दैछु।“ तर वास्तविकता के हो भने, तपाईंले कुन भिडियो हेर्ने, कसको भाषणमा ताली बजाउने र कुन पार्टीलाई भोट दिने भन्ने कुराको सुक्ष्म ’इन्जिनियरिङ’ कतै टाढा बसेको सफ्टवेयरले गरिरहेको छ । यदि हाम्रो सोच्ने शैली र आक्रोश व्यक्त गर्ने तरिका अरूको कोडले निर्देशित गर्छ भने, हामीले आफूलाई सार्वभौम भन्नु केवल एउटा भ्रम मात्र हो।

नेपालको डिजिटल साक्षरता यति कमजोर छ कि हामी ’डीप फेक’ र ’फेक न्युज’को फरक छुट्याउनु त परै जाओस्, एउटा फोटोसप गरिएको तस्बिरलाई नै ब्रह्मवाक्य मानेर सडकमा उत्रिन तयार हुन्छौँ, भैरहेको छौ । कसैको पुत्ला जलाईरहेको छौँ अनि कसैलाई भगवान मानिरहेको छौँ । अनि हामी कसरी स्वतन्त्र भयौं र ?

त्यसैले अबको लडाइँ भूगोल जोगाउन मात्र होइन, नेपालीको ’चेतना’ जोगाउनु पनि हुनुपर्छ । हामीलाई प्रतिबन्ध लगाउने निरंकुश सोच होइन, बरु डिजिटल साक्षरता र एल्गोरिदमको पारदर्शिता चाहिने स्पष्ट नीति बनिनुपर्छ छ ।

राज्यले यो बुझ्नुपर्छ कि यदि नागरिकको विवेक नै एल्गोरिदमको बन्धक भयो भने, जतिसुकै बलियो सेना भए पनि राष्ट्रिय सुरक्षा खोक्रो हुन्छ । २१औँ शताब्दीमा सार्वभौमिकताको रक्षा सिमानामा काँडेतार लगाएर मात्र हुन्न, प्रत्येक नागरिकको मस्तिष्कमा ’तर्क र तथ्य’को सुरक्षा–पर्खाल लगाउनु आवश्यक छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0