Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

३०५१ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण १३, आईतबार (१ साल अघि)
पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

रामकुमार थापा
धादिङ,१३ साउन
बालबालिका मानसिकरूपमा स्वस्थ नहुँदासम्म उनीहरूको सिकाइ स्तरीय हुने अपेक्षा गर्न मिल्दैन । नेपालको विद्यालय शिक्षाको अभ्यास हेर्ने हो भने बालबालिकाको बौद्धिक पक्षको विकासमा मात्रै जनशक्ति र समय खर्चेको देखिन्छ ।बालबालिकाको भावनात्मक तथा सामाजिक पक्षको विकासमा खासै ध्यान दिएको पाइँदैन ।विद्यालय होस या घर अनि समाज सबै पक्षले पढाइ र सिकाइ उपलब्धिका लागि मात्र बालबालिकालाई दबाब दिने गर्छन् ।आज बालबालिकामा देखिएका समस्या र अहिलेको परीक्षाको परिणाम विद्यालय, घर अनि समाजले दिएको दबाबको प्रतिफल हो ।

उनीहरू पहिलेजस्तो सामान्य छैनन् ।विद्यालयलाई विद्यार्थीहरूको मनको कुरा सुन्ने र सुनाउने स्थान नबनाएसम्म शैक्षिक स्तर सुधार्न सकिँदैन । भौतिक संरचना भएर मात्रै शैक्षिक सुधार हुने होइन । बालबालिकाको मनोसामाजिक समस्या सम्बोधन नगरेसम्म जति नै सुधार गर्छु भने पनि सम्भव हुँदैन । विद्यालयमा शिक्षकशिक्षिकाले पनि बालबालिकाको शैक्षिक सुधार गर्न धेरै दुःख गरेका छन् भने घरमा पनि अभिभावकले मिहेनत गरेका छन् । तर, बालबालिकाको शैक्षिक अवस्थामा भने खासै सुधार आएको देखिँदैन । विद्यालय होस वा घर बालबालिकाको मनको कुरा सुन्ने र सुनाउने थलो नै बन्न सकेन । घरमा पनि डर, त्रास, धम्की, हिंसा र विद्यालयमा पनि यस्तै वातावरणमा बस्नुपरेको हुन्छ । त्यसैको परिणाम अहिले बालबालिकामा देखिएको हो।

बालबालिकामाथि अहिले चौतर्फी दबाब छ । पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाइएको छ ।त्यसैले उनीहरू विद्यालयमा पढ्न र बस्न रुचाउँदैनन् । बालबालिकालाई विद्यालय पढ्न होइन सिक्न पठाउने हो । घरमा पनि अभिभावकहरूले पढाउने होइन सिकाउने हो भन्ने बुझ्नुपर्छ । यसको लागि अभिभावकहरू पनि तनावरहित अवस्थामा हुनुपर्छ।विद्यालयमा हुने विभिन्न समस्याको कारणले बालबालिकामा तनावजन्य समस्या भएको देखिन्छ । विद्यालयमा साथीहरूले हेप्ने, होच्याउने, गिज्याउने गर्न सक्छन् । बालबालिकालाई शैक्षिक तनाव, साथीहरू र परिवारका सदस्यहरूसँग द्वन्द्व, शारीरिक, यौन, मौखिक र भावनात्मक दुर्व्यवहार, इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मनोसामाजिक समस्या देखिएका हुन्छन् ।

तर, नेपालमा यसको बारेमा खासै अध्ययन र काम भएको पाइँदैन ।स्तरीय शिक्षा प्रदान गर्ने हो भने भौतिक संरचना र प्रविधि भित्र्याएरमात्रै पुग्दैन। बालबालिकाको मानसिक स्वास्थ्यमा धेरै काम गर्नुपर्छ ।एक अध्ययनअनुसार १९ वर्षमुनिका केटाकेटीमा चारमध्ये एकजनामा ’डिप्रेसन’ भएको पाइएको छ ।एक्लोपना मन पराउने र जिद्दी स्वभावका कतिपय केटाकेटी डिप्रेसनको सिकार हुने गर्छन् । समस्या एकातिरको छ तर हामी काम अर्कैतिर गरिरहेका छौँ । समस्या केन्द्रित काम नहुँदा हाम्रा बालबालिकामा समस्या झन् बढ्दै गइरहेको छ ।
बालबालिकामा समस्या देखिने कारणहरू
१. विद्यालय वा घरमा दिइने सजाय
२. पारिवारिक झगडा
३. साथीभाइको दुर्व्यवहार वा खिसीट्युरी
४. गरिबी
५. कक्षाकोठामा दिइने अनावश्यक तनाव
६. मोबाइल फोनको अत्यधिक प्रयोग
७. लागु पदार्थ सेवन
बालबालिकामा हुने समस्याहरू
क.चिन्ता, डर
ख.अनुशासनजन्य समस्या
ग. अत्यधिक चन्चलेपनाको समस्या
घ. सिकाइ कठिनाइ
ङ. दिक्दारीपना
च. तनाव
छ. बौद्धिक अपाङ्गता
बालबालिकालाई विभिन्न कारणले समस्या परेको देखिन्छ । आजका बालबालिका यी र यस्तै समस्याबाट प्रताडित छन् । कक्षा कोठामै माथिका समस्या पहिचाहन गर्न सकियो भने उनीहरूलाई सहज अवस्थामा ल्याउन सजिलो हुन्छ । बालबालिकाका समस्याको कारण उनीहरूको मन, शरीर, व्यवहार र सम्बन्धमा फरक परिरहेको हुन्छ तर अरूलाई थाहा नै हुँदैन ।समस्यामाथि झन् समस्या थप्ने काम भएपछि बालबालिका झनै कमजोर बन्दै जान्छन् ।त्यसले उनीहरूमा मर्ने कुरा गर्ने, एक्लै बस्ने, झर्किने, नपढ्ने, रिसाउने, आक्रामक हुने, नखाने, रुने, झगडा गर्ने, खुट्टा बजार्ने, मुखमुखै लाग्ने, गृहकार्य नगर्ने, मोबाइलको बढी प्रयोग गर्ने, कुलतमा फस्ने, नरमाइलो मान्ने र एक आपसमा धुलमिल नहुनेजस्ता समस्या देखिन्छन् ।

विद्यालयमा शिक्षक वा शिक्षिकाको भूमिका
मानसिक स्वास्थ्य समस्या जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ । विशेषगरी बालबालिकाले आफ्नो समस्या भन्न नसक्ने हुँदा उनीहरूको व्यवहारमा बढी ध्यान दिनुपर्छ । वयस्क व्यक्तिले जसरी उनीहरू भावना व्यक्त गर्न सक्दैनन् ।त्यसैले बालबालिकाको व्यवहारमा उतारचढाव आयो, बोल्दै नबोल्ने बच्चा एकदम धेरै बोल्न थाल्यो वा बोलिरहने बच्चा एकदम चुप र उदास रहन थाल्यो भने केही समस्या रहेको बुझ्नुपर्छ ।

समाधानका लागि बालबालिकाको समस्यालाई स्वीकार्ने र बुझ्ने प्रयास नै पहिलो उपयुक्त कदम मानिन्छ । सँगसँगै उनीहरूसँग गुणस्तरीय समय बिताउनु अर्को महत्त्वपूर्ण काम हो । साथीहरूसँग घुलमिल नगर्ने, झगडा गर्ने, रातभरि नसुत्ने र डर, तनावको कुरा गर्ने भए भने पनि मानसिक समस्या भएको हुनसक्छ । कुनै पनि कुरामा उत्साह मरिसकेको छ, सधैं निराश हुन्छ भने मानसिक समस्या छ कि भनेर शंका गर्नुपर्छ ।

विद्यालयका शिक्षक वा शिक्षिकालाई आफ्नो विद्यार्थीको स्वभाव र व्यवहार थाहा हुन्छ । स्वभाव र व्यवहारमा परिवर्तन आउन थाल्यो भने समस्या छ भन्ने बुझ्नुपर्छ । यसबारे विद्यालयका शिक्षक र शिक्षिकाहरू पनि बढी सतर्क हुनुपर्छ । दिनानुदिन बालबालिकाको व्यवहारमा फरक आयो भने समस्या हो कि भनेर बढी चनाखो बन्नुपर्छ । विद्यालयमा एकजना गुनासो सुन्ने र सम्बोधन गर्ने व्यक्ति तोक्नुपर्छ । जससँग बालबालिकाले निर्धक्क भएर आफ्ना समस्या भन्न सकुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0