धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
मनोज थापाद्वारा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुल्ला) पदका लागि उम्मेदवारी
धादिङबेशी । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै हुन सक्ने अप्रिय घटना तथा घाइतेहरूको उपचार व्यवस्थापनका लागि धादिङ अस्पतालले ‘इलेक्शन टास्क फोर्स’ गठन गरेको छ । निर्वाचन अवधिभर आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन आवश्यक तयारी स्वरूप उक्त टोली गठन गरिएको अस्पतालले जनाएको छ ।
गठित टास्क फोर्सको संयोजकमा मेडिकल अधिकृत डा. रमेश श्रेष्ठ रहेका छन् । वैकल्पिक संयोजकका रूपमा डा. अश्विनी विश्वराल (मेडिकल अधिकृत) तोकिएका छन् । नर्सिङतर्फ मुना कार्की (नर्सिङ अधिकृत) सदस्य रहेकी छन् भने वैकल्पिक सदस्यमा उपसला लोहनी (नर्सिङ अधिकृत) छन् ।
त्यसैगरी हेल्थ असिस्टेन्टतर्फ सन्तोष घिमिरे सदस्य र वैकल्पिक सदस्यमा रोमियो श्रेष्ठ रहेका छन् । कार्यालय सहयोगीतर्फ सपना थापा सदस्य तथा रिना श्रेष्ठ वैकल्पिक सदस्य तोकिएका छन् ।
अस्पताल प्रशासनका अनुसार निर्वाचनको दिन र त्यसअघिपछि सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, औषधि तथा उपकरण तयारी अवस्थामा राखिनेछ ।
थप जानकारीका लागि अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झा तथा सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने अस्पतालले जनाइएको छ ।अस्पतालले निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन सबै पक्षलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।