Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

धादिङमा निर्वाचन सुरक्षामा कडाइ : निर्वाचन विरोधी गतिविधि, जुलुस, सभा र ड्रोन उडाउन प्रशासनको कडा निगरानी

२७९४ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २१, बुधबार (५ महिना अघि)
धादिङमा निर्वाचन सुरक्षामा कडाइ :  निर्वाचन विरोधी गतिविधि, जुलुस, सभा र ड्रोन उडाउन प्रशासनको कडा निगरानी

धादिङबेशी । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय धादिङले सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचन कार्यक्रमदेखि परिणाम घोषणा नभएसम्म सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले ९ बुँदे निर्णयसहित विशेष सतर्कता अपनाउने जनाएको हो।

गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार जारी गरेको प्रेस नोटअनुसार जिल्ला निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन अवधिभर लागू हुने गरी ‘अपरेशनल क्यालेन्डर’ तयार गरी सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रेस नोटमा राजनीतिक दलको आह्वानमा हुन सक्ने निर्वाचन विरोधी गतिविधि, बन्द, हड्ताल, चक्काजाम, घेराउजस्ता कार्यक्रमलाई नियन्त्रण गर्न सुरक्षा निकायबीच समन्वय गरिने उल्लेख छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानीमा राखी कानुनअनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमार्फत हुने निर्वाचन विरोधी गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी दोषीलाई कानुनी दायरामा ल्याइने व्यवस्था गरिएको छ। निर्वाचन अवधिमा जुलुस, आमसभा, कोणसभा र भेला जस्ता कार्यक्रम स्थानीय प्रशासनको अनुमति लिएर मात्र गर्नुपर्नेछ।

त्यस्तै, राजमार्ग तथा अन्य संवेदनशील क्षेत्रमा हुन सक्ने अवरोध तत्काल हटाइने, सुरक्षा निकायको नियमित गस्ती तथा पिकेट व्यवस्थालाई सुदृढ बनाइने निर्णय गरिएको छ। अवैध वा जबर्जस्ती रूपमा चन्दा संकलन, धम्की दिने जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने प्रशासनको चेतावनी छ।

निर्वाचन अवधिभर अत्यावश्यक वस्तुको सहज आपूर्ति, भण्डारण, बिक्री वितरण तथा बजार अनुगमनलाई प्रभावकारी बनाइने र अनुमति बिना ड्रोन उडान गरे वा गराएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्दै निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आम नागरिक, मतदाता तथा सञ्चारकर्मीहरूलाई सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।

प्रेस नोट सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मोहन प्रसाद न्यौपानेको हस्ताक्षरितमा जारी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0