निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी,१५ माघ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ–२ ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै क्षेत्रभित्रका ५१ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ।
क्षेत्रीय कार्यसमितिको आयोजनामा मिति २०८२ माघ १२ गते सम्पन्न संयुक्त बैठकको निर्णयअनुसार केन्द्र, प्रदेश, जिल्ला, क्षेत्रीय तहका पदाधिकारी तथा सदस्य, महासमिति र महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा सभापतिहरूको सहभागितामा निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन प्रतिनिधि तोकिएको हो।
पार्टीको उम्मेदवार तथा संगठनलाई विजयी गराउने उद्देश्यसहित तोकिएका प्रतिनिधिहरूलाई आ-आफ्नो स्थानीय तह अन्तर्गतको वडा स्तरमा निर्वाचन अवधिभर जिम्मेवारी दिइएको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त, निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै वडा तहमा निर्वाचन परिचालन कार्यलाई अनुशासित, प्रभावकारी र परिणाममुखी ढंगले सञ्चालन गर्ने अपेक्षा गरिएको छ। नेपाली काग्रेसबाट धादिङ क्षेत्र न २ मा रमेश धमला उम्मेद्वार रहेका छन् ।
यीहुन् प्रतिनिधिहरुको नामावली
रमेश प्रसाद धमला (सानो), डा. अमित सिंह कार्की, नारायण कुमार श्रेष्ठ, देविप्रसाद कोइराला, ईश्वर अधिकारी, झंक नारायण श्रेष्ठ, नारायण पोखरेल, कल्पना अधिकारी, गोपाल विश्वकर्मा, दिपक कोइराला, सरोज अधिकारी, बलराम रिजाल, होमबहादुर गुरुङ र लक्ष्मी गीरी प्रतिनिधिका रूपमा खटिएका छन्।
मदन कुमार श्रेष्ठ, नरेंद्र भट्ट, विनोद तिमल्सिना, नवराज सिंखडा, विजय भण्डारी, खुमबहादुर सुवेदी र शोभा छत्कुलीलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
फणीकान्त छत्कुली, देवी कुमारी बुर्लाकोटी, कविन्द्र अधिकारी, नवराज तिमल्सिना, केशव सापकोटा, राजन बुर्लाकोटी र रामप्रसाद अधिकारी चयन भएका छन्।
कान्छा बहादुर तामाङ, अक्कल बहादुर तामाङ, विजय कुमार गुरुङ, गोपाल ढकाल, दल बहादुर अधिकारी, दुर्गा दाहाल र राजेन्द्र आर्याल प्रतिनिधि तोकिएका छन्।
दिनेश गुरुङ लामा, विजय पाख्रिन, टेकजंग लामा, कृष्ण प्रसाद रिजाल र नवराज जम्कट्टेललाई जिम्मेवारी दिइएको छ।
लेख बहादुर तामाङ, राजु पाख्रिन, चीजकुमार तामाङ, यो माया तामाङ र सरिता तामाङ प्रतिनिधि बनेका छन्।
योग बहादुर तामाङ, डेभिड घले, सुमन तामाङ, चालमान तामाङ, कुल बहादुर गुरुङ र पदम गोले खटिएका छन्। पार्टीले तोकेको लक्ष्य हासिल गर्न प्रतिनिधिहरूको सक्रियता, इमानदारी र प्रतिबद्धताबाट कांग्रेसको संगठन सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |