नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,१७ भाद्र
धादिङबेसीमा संघीय, प्रादेशिक र स्थानीय तहहरूको वार्षिक प्रगति समिक्षा कार्यक्रम सुरुभएको छ । जिल्ला समन्वय समितिको आयोजनामा संघीय तथा प्रादेशिक कार्यालयहरू र स्थानीय तहहरूको आ.व. २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम आजदेखि धादिङबेसीमा सुरु भएको हो ।वर्षभरि गरिएको कामको समिक्षा आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र अनुभव आदान प्रदान तथा सिकाई व्यवस्थापन गर्ने उद्धेश्यले वार्षिक प्रगति समिक्षा कार्यक्रम थालिएको हो ।कार्यक्रमको प्रदेश सभा सदस्य गोविन्द लम्सालले उद्धघाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सभा सदस्य गोविन्द लम्सालले सिकाई अनुभव आदान प्रदानले आगामी दिनमा उत्कष्ट काम गर्ने पृष्ठपोषण मिलेको बताउनुभयो ।

मंगलबारदेखि सुरु भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावति डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रस्तुितकरण गरेका छन् ।त्यस्तै,नागढुंङगा सडक आयोजना पूर्वी खण्ड, सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ,पूर्वाधार विकास आयोजना,नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम,डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले पनि कार्यलयले गत वर्षमा गरेका कार्यक्रमहरु प्रस्तुतकिरण गरेको हो ।बाँकी रहेका पालिका र कार्यालयहरुले भोली भदौ १८ गते प्रस्तुतकिरण गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले बताउनुभयो ।यस्ता वार्षिक प्रगति समिक्षा कार्याक्रमले पृष्ठपोषण, अनुभव सिकाई आदान प्रदान हुँदा आगामी कार्यक्रमहरु प्रभावकारी बन्ने यादवको भनाई छ ।कार्यक्रममा जिल्लामा रहेका संघीय, प्रादेशिक कार्यलय र स्थानीय तहका कार्यालय प्रमुख÷उपप्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |