Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ९, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

१८९५ पटक पढिएको प्रकाशित मिति: २०८२ श्रावण १८, आईतबार (११ महिना अघि)
बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

बागमती प्रदेशमा नयाँ बन्ने मन्त्रिपरिषद्मा आफूले रोजेका तीन मन्त्रीलाई पहिलो चरणमै शपथ खुवाउने सर्तमा सहमति जुटेपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिँदै छन् । पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा लामाले आन्तरिक विवादका क्रममा आफूलाई संसदीय दलको नेताका लागि साथ दिने तीन सांसद गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई अब बन्ने इन्द्र बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गर्ने ‘पक्का’ गरेका हुन् ।

पार्टीले लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउन खोजेपछि विवाद चुलिएको थियो । विवादबिच संसदीय दलको नेताका लागि बानियाँ र लामा दुवैले उम्मेदवारी दिएका थिए । तर, लामा पराजित भए पनि संविधानको धारा १६८ (२) अनुसार कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै राजीनामा दिन इन्कार गर्दै आएका थिए । बरु, दलको नेताको निर्वाचनमा खुलेर आफूलाई साथ दिएका लम्साललाई आन्तरिक मामिला तथा कानुन, गुरुङलाई सहकारी तथा गरिबी निवारण र श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । यद्यपि सपथ हुन सकेको छैन ।

मुख्यमन्त्री लामाले आफूले राखेको सर्त पूरा हुने भएपछि आइतबार राजीनामा दिन लागेको बताए । ‘मैले बुधबार नियुक्त गरेका तीन मन्त्रीलाई आगामी मन्त्रिपरिषद्को पहिलो चरणमा शपथ गराउनुपर्ने सर्त राखेको थिएँ । पार्टी सभापतिको अगाडि इन्द्रजीले सहमति जनाउनुभएको छ,’ उनले भने, ‘सहमतिअनुसार नै राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’

बिहीबार सभापति देउवासँग भेटेका लामाले आफूले मार्गप्रशस्त गर्ने, तर आफूले नियुक्त गरेका र शपथग्रहण नभएका तीनजनालाई सेटल गर्नुपर्ने सर्त राखेका थिए । त्यसपछि देउवाले शनिबार संसदीय दलका नेता बानियाँलाई पनि बुढानीलकण्ठ बोलाएर लामाको सर्त पूरा गर्न निर्देशन दिएका थिए ।

बानियाँले लामा र आफूबिच अहिलेको अन्योललाई सहमतिमै निकास दिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने सहमति भएको बताए । उनले कांग्रेसभित्र नेतृत्वको परिवर्तनलाई लिएर देखिएको विवाद सामान्य भएको उल्लेख गर्दै लोकतान्त्रिक पार्टीभित्र यस्तो सामान्य हुने दाबी गरे । उनले आफूहरूबिच कुनै तिक्तता नरहेको र पार्टी–सरकार सञ्चालनमा सहमति र सहकार्यमा गरिने बताए । ‘बहादुरजी र मबिच कुनै समस्या छैन । अहिले भएका सम्पूर्ण कुराहरू एउटा लोकतान्त्रिक पार्टीभित्र हुने प्रक्रिया हो । सोहीअनुरूप नै हामीले नेतृत्व परिवर्तनको एउटा प्रक्रिया पूरा गरेका हौँ,’ उनले भने, ‘अब पनि सरकार र पार्टी सञ्चालनमा हामीबिच सहमति र सहकार्य नै हुन्छ ।’ कांग्रेस र एमालेबिचको सत्तागठन्धनको सहमतिअनुसार अझै नौ महिना प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

आइतबार लामाको राजीनामापछि बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । राजीनामाअघि मन्त्रिपरिषद्को बैठक बस्ने र आफ्ना कुराहरू पत्रकार सम्मेलननमार्फत सार्वजनिक गर्ने लामाले बताए ।

नयाँ पत्रिका दैनिकबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0