निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
नेपाल खेलकुद महासंघले ईलाका प्रहरी कार्यालय खानिखोला धादिङलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड नो भिड भन्दै राट्रिय अभियान सञ्चालन गरेको नेपाल खेलकुद महासंघले फन्टलाइनमा रहेका प्रहरीहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतको संयोजकत्वमा उपमहासचिव रामकृष्ण खड्का, शान्त माया परियार र नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष सुनिल तामाङले संयुक्त रुपमा खानिखोला प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीहरुमा मास्क, सेनिटाईजर, ग्लोभ्स, फेस सिल्ड लगायतको रहेको महासँघका जिल्ला अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो । फ्रन्ट लाईनमा खटिरहेका सुरक्षाकर्मीहरुलाई मेडिकल सामग्रीको अभाब हुन नदिने लक्ष्यका साथ देशभर नेपाल खेलकुद महासंघको यो अभियान जारी छ । हाल सम्म ५६ जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरिसकिएको महासंघले जनाएको छ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |