धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाईएको हो ।
आर्थिक बर्ष २०७९/०८० मा धादिङ जिल्लामा १ सय १२ जनाले आत्महत्या गरेका छन् । बागमती प्रदेशका १३ जिल्ला मध्ये आत्महत्या गर्ने जिल्लामा धादिङ एक नम्बरमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले बताउनु भयो । गत आर्थिक बर्षमा जिल्लामा ९७ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढीरहेको भएपनि त्यसको न्युनीकरणको लागि स्थानीय तहले खासै चासो देखाएका देखिदैन ।
प्रहरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार अपराधका घट्नाहरु पनि बढेको देखिएको छ । यसैगरी राजस्व संकलनमा बृद्धि भएको छ भने सडक दुर्घटनामा न्युनीकरण भएको पाईएको छ । गत आर्थिक बर्षमा घरेलु हिंसाका ६५ वटा घट्ना भएका छन् भने जसमा ५४ वटा फछ्यौट भएको छ ।
फरार अभियुक्त १ सय १० जनालाई प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ७ सय १६ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
आ.ब. २०७८/०७९ र आ.ब.२०७९/०८० को तुलानात्मक विवरणः

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |