Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

९६३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार (४ घण्टा अघि)
सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

धादिङबेशी,९ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ५० लाख ४५ हजार २ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभाबाट “उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक” भन्ने मूल नारासहित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।

कुल बजेटमध्ये संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानतर्फ ३३ करोड १२ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ। बाँकी २७ करोड ३७ लाख ९१ हजार २ सय ६० रुपैयाँ आन्तरिक राजस्व, राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राख्दै लागत साझेदारीमा विकास योजना सञ्चालन गर्ने नीति लिएको छ। “एक टोल, एक उपभोक्ता समिति” गठन गरिने तथा सडक मर्मत र संरक्षणका लागि “हाम्रो सडक, हाम्रै सुरक्षा” कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नागरिकसँग प्रत्यक्ष संवादका लागि “जनतासँग अध्यक्ष” रेडियो कार्यक्रम र डिजिटल संवादसमेत सञ्चालन गरिने भएको छ। गाउँपालिकाको आफ्नै केन्द्रीय सर्भर स्थापना गरी वडा कार्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट तथा सीसीटीभी जडान गर्ने योजना पनि अघि सारिएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाउने गरी ‘निःशुल्क शिक्षा कार्यविधि २०८३’ लागू गरिने भएको छ। आधारभूत तहमा स्थानीय पाठ्यक्रम “हाम्रो सिद्धलेक” लागू गरिनेछ भने “जहाँ विद्यार्थी, त्यहाँ शिक्षक” नीति अनुरूप विद्यालयलाई ल्यापटप खरिदमा अनुदान दिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ घरमै स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम ल्याइएको छ। “अध्यक्षसँग ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम” मार्फत ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइनेछ। गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र “उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम” सञ्चालन गरिने भएको छ। ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।

कृषि, रोजगार र पर्यटनतर्फ “हाम्रो उत्पादन, हाम्रो स्वाभिमान” अभियान सञ्चालन गरिने भएको छ। प्रत्येक वडामा “एक वडा, एक पर्यटकीय गन्तव्य” र “एक घर, एक उद्यमी, एक वडा, एक उत्पादन” अभियान लागू गरिने जनाइएको छ। ढेवालेक क्षेत्रमा पाइने दुर्लभ काँडे भ्याकुर प्रजातिको संरक्षण गर्दै वन पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप उपयोग गर्न “रिटर्नी स्वयंसेवक” परिचालन गरिने गाउँपालिकाले जनाएको छ।

राजस्व व्यवस्थापनतर्फ व्यवसाय दर्ता, होडिङ बोर्ड, खानी, क्रसर, ढुंगा–गिट्टी निकासी तथा तीन पाङ्ग्रे अटो रिक्सालाई करको दायरामा ल्याइने नीति लिइएको छ। गाउँसभाले नीति, कार्यक्रम र बजेट पारित गरेको छ। गाउँ सभाकै अवसर पारेर पालिकाले बिभिन्न बिधामा उत्कृष्ट कार्यसम्पादनको मुल्याङ्कन गदैै सम्मान समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0