नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ५, बुधबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
  • नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
मुख्य समाचार
ताजा समाचार

सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • २०८३ अषाढ ९, मंगलबार
  • ४ महिना अघि
  • ६ मिनेट पढाइ
  • ६९९५ पटक पढिएको
सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

धादिङबेशी,९ असार । धादिङको सिद्धलेक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ५० लाख ४५ हजार २ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभाबाट “उज्यालो सिद्धलेक, समृद्ध सिद्धलेक” भन्ने मूल नारासहित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।

कुल बजेटमध्ये संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानतर्फ ३३ करोड १२ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ। बाँकी २७ करोड ३७ लाख ९१ हजार २ सय ६० रुपैयाँ आन्तरिक राजस्व, राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले पूर्वाधार विकास र सुशासनलाई प्राथमिकतामा राख्दै लागत साझेदारीमा विकास योजना सञ्चालन गर्ने नीति लिएको छ। “एक टोल, एक उपभोक्ता समिति” गठन गरिने तथा सडक मर्मत र संरक्षणका लागि “हाम्रो सडक, हाम्रै सुरक्षा” कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। नागरिकसँग प्रत्यक्ष संवादका लागि “जनतासँग अध्यक्ष” रेडियो कार्यक्रम र डिजिटल संवादसमेत सञ्चालन गरिने भएको छ। गाउँपालिकाको आफ्नै केन्द्रीय सर्भर स्थापना गरी वडा कार्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट तथा सीसीटीभी जडान गर्ने योजना पनि अघि सारिएको छ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्मको शिक्षालाई पूर्ण निःशुल्क बनाउने गरी ‘निःशुल्क शिक्षा कार्यविधि २०८३’ लागू गरिने भएको छ। आधारभूत तहमा स्थानीय पाठ्यक्रम “हाम्रो सिद्धलेक” लागू गरिनेछ भने “जहाँ विद्यार्थी, त्यहाँ शिक्षक” नीति अनुरूप विद्यालयलाई ल्यापटप खरिदमा अनुदान दिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ घरमै स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम ल्याइएको छ। “अध्यक्षसँग ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम” मार्फत ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराइनेछ। गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र “उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम” सञ्चालन गरिने भएको छ। ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।

कृषि, रोजगार र पर्यटनतर्फ “हाम्रो उत्पादन, हाम्रो स्वाभिमान” अभियान सञ्चालन गरिने भएको छ। प्रत्येक वडामा “एक वडा, एक पर्यटकीय गन्तव्य” र “एक घर, एक उद्यमी, एक वडा, एक उत्पादन” अभियान लागू गरिने जनाइएको छ। ढेवालेक क्षेत्रमा पाइने दुर्लभ काँडे भ्याकुर प्रजातिको संरक्षण गर्दै वन पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप उपयोग गर्न “रिटर्नी स्वयंसेवक” परिचालन गरिने गाउँपालिकाले जनाएको छ।

राजस्व व्यवस्थापनतर्फ व्यवसाय दर्ता, होडिङ बोर्ड, खानी, क्रसर, ढुंगा–गिट्टी निकासी तथा तीन पाङ्ग्रे अटो रिक्सालाई करको दायरामा ल्याइने नीति लिइएको छ। गाउँसभाले नीति, कार्यक्रम र बजेट पारित गरेको छ। गाउँ सभाकै अवसर पारेर पालिकाले बिभिन्न बिधामा उत्कृष्ट कार्यसम्पादनको मुल्याङ्कन गदैै सम्मान समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

४ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

४ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

४ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0