धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले नगरसभाका सदस्यहरुलाई दिएको भत्ता कानुन संवत भएको बताउनु भएको छ । टोल विकास संस्था महासंघ द्धारा स्वच्छ सहर, धादिङ बासीको रहर भन्ने मुल नाराका साथ आयोजित सवलीकरण तालिममा सम्बोधन गर्दै नगर प्रमुख ढुगांनाले सो कुरा बताउनु भएको हो ।
उहाँले बागमती प्रदेश सरकारको स्थानीय सरकारको सभा सञ्चालन कार्यविधि सम्बन्धी ऐन २०७५ अनुसार नै नगर सभाका सदस्यहरुलाई भत्ता बितरण गरिएको बताउनु भएको छ । नगर अधिवेशनमा उपस्थित सभा सदस्य एवम् सहभागिहरुलाई उपस्थित भएको दिन बराबरको बैठक भत्ता र यातायात एवम् आवास खर्च बापत थप एक दिनको भत्ता दिई अन्य कुनै खर्च नबेहोर्ने नगरकार्यपालिकाको निर्णय अनुसार नै भत्ता वितरण गरिएको उहाँले बताउनु भयो ।
मुलुकमा देखिएको आर्थिक मन्दी प्रति आफुहरु सचेत रहेको भन्दै फजुल खर्च नियन्त्रण र मितब्यायीतको नीति अनूरुप नै होटलहरुमा गर्ने नगरसभालाई जिससको सभा हलमा गरिएको उहाँले बताउनु भयो । उहाँले मुलुकमा विद्यमान आर्थिक मन्दी र नीलकण्ठ नगरपालिकाको बार्षिक बजेट सिमा घटेका बेला आगामी बर्ष नगर सञ्चीत कोषबाट कुनै पनि भ्रमण खर्च र भड्कीलो कार्यक्रम नगर्ने नीति लिएको समेत बताउनु भएको छ ।
नगर प्रमुख ढुगांनाको बाईट
नीलकण्ठ नगरपालिकाले एक दिनको अधिवेशनमा २ दिनको भत्ता वितरण गरिएको भनी विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचार प्रति विशेष ध्यानाकर्षण भएको भन्दै प्रेस बिज्ञप्ती समेत जारी गरेको थियो । जारी बिज्ञप्तीमा वागमती प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ को दफा ३ (क) अनुसूची १ (ख) एवम् नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ को नियम ७ (१) अनुसूची–२ वमोेजिम नियमानुसारकै भत्ता उपलब्ध गराइएको उल्लेख गरिएको छ ।
आईतबार नगरपालिका जारी बिज्ञप्ती जस्ताको तस्तै
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |