Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो

११५६ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ २२, सोमबार (३ साल अघि)
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो

वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना गरेको मूलसमारोहलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयमातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नहुने उल्लेख गर्नुभयो । मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री महतोले भन्नुभयो, “परिणाम देखिने गरी कार्यदिशा र योजना आजैका मितिदेखि बनाउनुस् ।”

दक्षिण एसियाका प्रायः मुलुकमा युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको तथ्य उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो, “नेपालमा अझै पनि युरो–३ स्टाण्डर्डका सवारीसाधन किन आयात भइरहेका छन् ।”

मन्त्री महतोले पुराना र बढी धुँवा फाल्ने सवारीसाधन विस्थापित गर्ने, युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारी आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न विभागलाई निर्देशनसमेत दिनुभयो । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा वातावरणीय कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष उक्त दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भइसकेको बताउनुभयो । उहाँले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा वातावरणसम्बन्धी विद्यमान ऐन, नियम र नीति परिमार्जनको आवश्कता आँैल्याउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालले प्रकृतिले मानिसलाई धेरै कुरा दिएको भए पनि मानिसकै क्रियाकलापका कारण प्रकृति कुरुप बन्दै गएकाले सबै सचेत हुनु आवश्यक छ भन्नुभयो । उहाँले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनःप्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठूलो चुनौतीका रुपमा रहेको र यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको जानकारी गराउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्रा डा रेजिना मास्केले प्लास्टिक बिना जीवन चल्न गाहे भइसकेको वर्तमान अवस्थामा प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनःप्रयोग पुनःचक्र्रण गरिनुपर्ने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेनता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिनुभयो

कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा मन्त्री महतोले वायु गुणस्तर प्रतिवेदन, २०२१ पुस्तक विमोचन गर्नुभएको थियो । सो अवसरमा वातावरण संरक्षण तथा जनचेतनामूलक सामग्री प्रदर्शन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

  • सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • समाचार
    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट

    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0