कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१० असार
त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा कर्मचारीहरूले नियमित रूपमा कामकाज गरिरहेको समयमा मदिरा सेवन गरी कार्यालय बाहिरबाट ताला लगाई कामकाजमा अवरोध पु¥याउने एक व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार त्रिपुरासुन्दरी गाउँपालिका–३ निवासी ४४ वर्षीय सुरेन्द्र वाँडाले आज बिहान गाउँपालिकाको कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी विषयमा विवाद सिर्जना गरेका थिए। उनले कर्मचारीहरूलाई गालीगलौज गर्ने, धम्की दिने तथा अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार केही समयपछि मदिरा सेवन गरेका वाँडाले कार्यालय बाहिरबाट ताला र चाबी लगाई गाउँपालिकाको लेखा शाखामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कामकाजमा अवरोध पु¥याएका थिए। उक्त घटनापछि गाउँपालिकाले कानुनी कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएको थियो।घटनामा संलग्न बाँडालाई प्रहरीले आजनै पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक कार्यालयको कामकाजमा अवरोध पु¥याउने तथा कानुनविपरीत गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।