धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ,१९ जेठ ।
हिमाल महिला उत्थान समाजको आयोजनामा धादिङबेशीमामा सन्चालन भएको पाँच दिने तालिम आज सम्पन्न भएको छ।हिमाल महिला उत्थान समाज धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि सुरु भएको तालिम आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरीएको हो।
तालिममा महिलासँग भएका संवैधानिक अधिकार, महिलाको क्षेत्रमा के कस्ता कानुन छ, महिला नेतृत्व भनेको के हो, कस्तो कार्यशौलि हुनुपर्ने जस्ता विषयमा सहभागी महिलाहरुलाई जानकारी गराइएको थियो ।
महिलाहरुकोे क्षमता बृद्धि गर्ने र आगामी दिनमा महिलाहरुलाई आयआर्जनमा अगाडि बढाउने उद्श्यले तालिमको आयोजना गरिएकोे हिमाल महिला उत्थान समाजको कार्यकारी निर्देशक तथा महिला अधिकारकर्मी कविता इटनीले बताउनु भयो। राजनीतिसँग मात्र नेतृत्व नजोडिने र समाजको धेरै क्षेत्रबाट महिलाहरुले नेतृत्व लिनु पर्ने बताउनु भएको थियो ।तालिममा नीलकण्ठ नगरपालिकाको १४वटै वडाका ७५ जना महिलाहरुको सहभागित रहेको थियो।
हिमाल महिला उत्थान समाज धादिङको अध्यक्ष शुसिला पाठकको अध्यक्षयतामा सम्पन्न भएको तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको प्रमुख अतिथ्य रहेको थियो।२०६८ सालमा स्थापना भएको हिमाल महिला उत्थान समाज धादिङले महिलाहरुको सिप विकास र क्षमता बुद्धि गर्ने क्षेत्रमा काम गर्दै आएको छ।संस्थाले महिलाहरुलाई कसरी उद्यमी बनाउने र उद्यमशिलतालाई कसरी बजारीकरणमा टेवा पुप्याउने जस्ता कुरालाई प्रथामिकता दिदै आएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |