Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

उज्यालो प्रदेशको अँध्यारो गाउँ

दिपा लम्साल १३३८ पटक पढिएको प्रकाशित मिति: २०८० जेष्ठ १४, आईतबार (३ साल अघि)
Post Thumbnail

हिमाली जिल्ला मनाङमा केन्द्रीय विद्युत् प्राधिकरण लाइनसँग जडान हुने गरी विद्युत् उत्पादन भएको छैन । जुनकिरीझैँ आफ्नै उत्पादनमा आत्मनिर्भर हुँदै लघुजलविद्युत्मार्फत उज्यालो बनेको मनाङ बाढीपहिराले अँध्यारोमा धकेलियो ।

मनाङमा सञ्चालित १३ वटा लघुजलविद्युत्को संरचना नै भत्किँदा अँध्यारोमा पुगेका स्थानलाई हालसम्म पनि उज्यालो बनाउन सकिएको छैन । मनाङका केही स्थान लघुजलविद्युत्को भरमा अहिले पनि चलिरहेका छन् । बाढीपहिराले क्षति पुगेका केही लघुजलविद्युत्का संरचना हालसम्म पनि निर्माण तथा मर्मत हुनसकेका छैनन् ।

निर्माण व्यवसायीले भीमताङ लघुजलविद्युत् आयोजनाको मर्मत तथा निर्माणका लागि सामग्री ल्याएर बाटोमा अलपत्र छाडिएको समाजसेवी चेकमान गुरुङले जानकारी दिनुभयो । “सामग्री ल्याएको छ, काम भने हुनसकेको छैन, ठूला जलविद्युत् निर्माणका सामग्री पनि केही ल्याएको छ तर काम आंशिकमात्र भएका छन्”, गुरुङले भन्नुभयो, “कहिले होला खै उज्यालो मनाङ हुने रु”

मनाङमा समयको प्रतिकूलताले गर्दा विद्युत् आपूर्तिमा समस्या आइरहने क्षेत्रमा पर्छ । यहाँका विद्युत्, टेलिफोनलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी हुनसमेत समस्या हुने स्थान भएकाले समयको अनुकूलता तथा प्रतिकूलताको ध्यान दिएर काम गर्न सकेमा स्थानीयवासीका साथै पर्यटकलाई सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै नासों गाउँपालिका–८ स्थित सोदीखोला लघुजलविद्युत् आयोजना बाढीपहिराबाट क्षति पुगेपछि हालसम्म पनि सञ्चालन हुनसकेको छैन । जनप्रतिनिधि तथा बुद्धिजिवीले पटक–पटक दबाब दिँदासमेत यस आयोजनाको काम हुन नसक्नु दुःखद् भएको नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

“यस आयोजना भत्किएका भाग निर्माण तथा मर्मत गर्न सके सहज हुन्थ्यो, तर पटक–पटक ताकेता गरे पनि काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । बाढीले क्षति पुर्याएको लघुजलविद्युत् मर्मतमा स्थानीयले श्रमदान गरी केही चल्न थालेका छन् । केही न सामग्री ल्याउन सकेका छन्, न त कामदारले काम गर्न नै सकेका छन् । ग्रामीण क्षेत्र भएकाले पनि सामग्री ढुवानीमै समस्या हुँदासमेत ढिलाइ भएको हुनसक्ने स्थानीयको बुझाइ छ ।

मनाङ पहिलोपटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जडान भयो । केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान भएको एक वर्ष नपुग्दै विसं २०७८ जेठ १४ देखि हिमाली जिल्ला मनाङमा बाढीपहिराको विपद्मा पर्यो । केन्द्रीय प्रसारण लाइन सरकारी कार्यालयमा मात्रै जडान भएकामा बाढीपहिराले विच्छेद गरायो । त्यसयता यहाँका मानिस अँध्यारोमा नै बस्न बाध्य भएका छन् ।

सङ्घीयता कायम भएसँगै गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई उज्यालो बनाउने घोषण गर्नुभएको थियो । पूर्वमुख्यमन्त्री गुरुङले घोषणा गरेपछि सुगम मानिने जिल्ला पनि खासै उज्यालो बन्न सकेन । पूर्वमुख्यमन्त्री गुरुङले छिमेकी जिल्लाकै भएकाले मनाङलाई विशेषरूपमा विद्युत् प्रवाहका लागि व्यवस्थापन गर्नुहुन्छ भन्ने मनाङवासीको अपेक्षा भने पूरा हुन सकेन ।

केही सरकारी कार्यालयमा मात्रै जडान गरिएको थियो । तर स्थानीयवासीको घर–घरमा विद्युत् जडान हुनुअगावै बाढीपहिराले क्षति पुगेर आयोजना नै सङ्कटमा पुग्यो । उज्यालो प्रदेश घोषणा गरिएपश्चात केन्द्रीय प्रसारण लाइनको विद्युत्बाट घर–घरमा उज्यालो छाउने अपेक्षा गरेका मनाङ्वासी अहिलेसम्म अँध्यारोमा बस्न बाध्य भएका छन् ।

मनाङका कतिपय पर्यटन तथा होटल व्यवसायीले त व्यक्तिगत लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालन गरी आफूलाई आवश्यक विद्युत् आपूर्ति गर्ने गरेका छन् । सरकारले कहिले ल्याइदिन्छ भनेर बस्नुभन्दा सकेको आफैँबाट सुरुआत गर्नुपर्छ भन्ने भावनाले यसरी जलविद्युत् सञ्चालन गरिएको भुजुङ गुरुङले बताउनुभयो ।

मनाङ ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका भुजुङले आफूलाई मात्रै नभई वरपरका स्थानीयवासीलाई समेत विद्युत् प्रवाह गर्ने व्यवस्था गर्नुभएको छ । आफूलाई खपत भएको विद्युत्बाहेक बाँकी स्थानीयवासीलाई वितरण गर्दै आएको उहाँले बताउनुभयो । अँध्यारो मनाङलाई तिलिचो तालसम्म उज्यालो बनाउने उद्देश्यले पोल र तार टाङने काम भने भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिलिचोसम्म कहिलेसम्म बिजुली पुगेर उज्यालो बन्छ भन्ने यकिन भने छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0