धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाउनुभएको छ ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएको थियो । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाउनुभयो ।
सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गर्नुभएको थियो । तर सभामुख घिमिरेले उहाँलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भन्नुभएको थियो । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाउनुभएको हो ।
सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिनुभएपछि सांसद सिंह आफ्नो स्थानमा बस्नुभएको थियो । आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राख्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |