धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२० बैशाख
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित सल्लेघारी बनमा २ हजार १ सय ६० बोटविरुवा रोपिने भएको छ । नीलकण्ठ नगरपालिकामा हरियाली प्रवद्र्धन गर्ने कार्यक्रम अन्तरगत सल्लेघारी लहरेपाखा सामुदायिक बनमा विभिन्न प्रजातिको बोटबिरुवाको बृक्षारोपण गरिने भएको हो।

नीलकण्ठ नगरपालिकाको आयोजना,वातावरणीय सुशाससन कार्य समुहको समन्वय र युएसआईडी तयार नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त स्थानमा बृक्षारोपण गर्न लागिएको हो ।सल्लेघारीमा बृक्षारोपण गर्ने सम्बन्धमा आज सरोकारवाला निकायहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदी,वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईली,सहायक बन अधिकृत लोकनाथ लम्साल,कार्यपालिका सदस्य,विभिन्न शाखाका शासा प्रमुखहरु लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

हरियाली प्रवद्र्धन गरेर बृक्षारोपण मार्फ जलवायु परिवर्तन अनुकुल गरेर परिस्थितिक प्रणाली उत्थानशीलता गर्ने,भुक्षय रोक्ने, सौन्दर्य बनाउनको लागि बृक्षारोपण गर्न लागिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |