धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीबार हुने निर्वाचनलाई लक्ष्य गरी नेपाल–भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो ।
महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन ९स्थानीय निर्वाचन०लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मङ्गलबार साँझ ६ बजेदेखि बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशका सुरक्षा निकायको समन्वय तथा सहमतिमा नाका बन्द गर्न लागिएको हो । चुनावलाई लक्ष्य गरी मतदान समाप्त नभएसम्म बिहीबार बेलुका ६ बजेसम्म सीमानाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
सीमा बन्द भए पनि अत्यावश्यक कामका लागि आपसी सहमतिमा नाका खुल्ला गर्न सकिने जनाइएको छ । पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन, दूध, हरियो तरकारी, भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकबाहेक अन्यको हकमा आवतजावत बन्द रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |