प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१४ बैशाख
गंगाजमुना गाउँपालिकाका शिक्षकहरुलाई ICT सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ।गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गत बुधबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो।गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रविधीको उच्चतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा दिने उद्देश्यले शिक्षकहरुलाई ७ दिने सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर विनोद श्रेष्ठले जानकारी दिनुभयो।

तालिममा गाउँपालिका भित्रका ७ वटै वडाका ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो।उक्त तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत हेमन्त ढकाल, कम्प्युटर अपरेटर विनोद श्रेष्ठ र हिलेपोखरी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्ण राना मगरले प्रशिक्षण गर्नु भएको थियो। तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा,प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ,शिक्षा अधिकृत मान बहादुर बोहोरा लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |