धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङ,१२ बैशाख ।
नेत्रावती डबजोङ गाउपालिकामा परम्परागत काठको ठेकी बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा परम्परागत काठको ठेकी बनाउने १५ दिने तालिम आईतबारदेखि सुरु भएको हो । आईतबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।
लोप हुँदै गएको परम्परागत पेसालाई संरक्षण गर्न र पुस्ता हस्तान्तरण गर्ने उद्धेश्यले तालिम संचालन गरिएको वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङले बताउनुभयो ।वडा नं ३ का १५ जनाको सहभागिता रहेको तालिममा मसिने कामीले प्रशिक्षण दिनुभएको छ । तालिमको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले परापुर्वकाल देखि चल्दै आएको पेसालाई टिकाइ राख्न, जर्गेना गर्न र सिपलाई एकबाट अर्कोमा हस्तान्तरण गदै जानुपर्छ भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
ठेकी लगायत काठबाट बनाउने परम्परागत वस्तुलाई पेसामा संचालनमा ल्याएर सिप जर्गेना तथा आर्थिक उन्नती हुने रिजालले बताउनुभयो । गाउँपालिकाले आगामी वर्षहरुमा पुराना परम्पपरालाई खोजी गरेर संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले सहभागीहरुलाई सिपलाई पेसाको रुपमा विकसित गर्नको लागि उत्सुक्ताका साथ सिकेर आफनो क्षमता अभिवृद्धि गर्नको लागि आग्रह गर्नुभएको छ ।
वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङको अध्यक्षता भएको तालिम उद्धघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा योजना शाखा प्रमुख अनुप लामिछाने, पशु विकास शाखाका अर्जुन प्रसाद खतिवडा, फिल्ड सहायक सुकराम तामाङ र पुर्व वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |