धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१० बैशाख ।
ज्वालामुखी गाउँपालिकामा फलफुल खेती गर्ने कृषक समुह/र्फमहरुका लागि संचालित फलफुल खेती सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ । ज्वालामुखी गाउँपालिकाको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बागमती प्रदेश हेटौडाको सहयोगमा सन्चालन भएको तालिम शनिबार सम्पन्न भएको हो ।

तालिममा वडा नम्बर १, २, ३, ४ र ७ का कृषकहरुलाई एक समुह र ५ र ६ नम्बर वडाका कृषहरुलाई अर्को एक समुह बनाई तालिम संचालन गरिएको हो ।तालिममा फलफुल बिरुवामा लाग्ने रोग किरा नियन्त्रण, बिरुवाको काँट छाँट, बोर्डो पेस्ट र मिक्स गर्ने, कलमी, नर्सरी लगायतका विषयमा कृषकहरुलई तालिम दिइएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख नविन बुढाथोकीले जानकारी दिनुभयो ।

७ वटै वडाका ७५ जना कृषकहरुकोे सहभागिता रहेको तालिमको राष्ट्रिय फलफुल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत विष्णु प्रसाद गिरीले प्रशिक्षण दिनुभएको थियो ।गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भएको तालिममा गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डितको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय फलफुल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत विष्णु प्रसाद गिरीको विशेष आतिथ्य रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |