धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
प्रतिनिधिसभाका सांसदहरुले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको बताउँदै समाधानका लागि आग्रह गर्नुभयो ।
उहाँले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताउनुभयो । अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरको कारण किसानको उठिबास भइरहेको बताउँदै समाधानका उपाय पहिल्याउन सरकारको धयानाकर्षण गराउनुभयो।
बैठकमा सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिमा खाद्य डिपो स्थापनाका लागि आग्रह गर्नुभयो । सांसद मनिष झाले मधेश सरकार हाल उपनिर्वाचनको तयारीमा बारामा मात्र केन्द्रित भएको भन्दै जनताका सरोकारका विषयमा काम गर्न आग्रह गर्नुभयो ।
सांसद महेशकुमार बर्तौलाले गाईमा देखिएको रोगका कारण किसान प्रभावित भएको उल्लेख गर्दै यसको समाधानका लागि भ्याक्निको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद माधव सापकोटाले मनसुनजन्य विपद्बाट वर्षेनि हुने क्षतिका बारेमा जानकारी गराउँदै त्यसको समाधानका लागि पूर्व तयारी गर्न आग्रह गर्नुभयो ।
सांसद मैना कार्कीले सशस्त्र द्वन्द्वमा जघन्य अपराध भएको बताउँदै पीडितलाई न्याय दिलाउन यससम्बन्धी विधेयकमा भएका त्रुटी सच्याएर मात्र पारित गर्नुपर्ने माग गर्नुभयो । सांसद मञ्जु शर्मा अन्सारीले मल बिऊ समयमै उपलब्ध गराएर किसानका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भइ सांसदका प्रश्नको जवाफका लागि आग्रह गर्नुभयो । सांसद राजु थापाले स्याङ्जामा आगामी बजेटमा समावेश गरी बाटोको करिडोर निर्माण समावेश गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद राजनकुमार केसीले मुलुकमा राजश्व कम उठेको बताउँदै तत्काल आम्दानी र खर्चमा सन्तुलन ल्याउन अर्थमन्त्रीसँग आग्रह गर्नुभयो । सांसद रामकृष्ण यादवले मुलुक सङ्घीयतामा गइसकेपछि दुई पटक तीन तहका निर्वाचन भए पनि जनताले गरेको धेरै अपेक्षा पूरा गर्न नसेकोप्रति सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो ।
सांसद रुपा विकले किसानलाई कृषि, बीउ र कृषि सामग्री समयमै उपलब्ध हुनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद रेखा यादवले नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्न तत्काल नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन सरकारसँग माग आग्रह गर्नुभयो ।
सांसद लक्ष्मी तिवारीले मुलुकभित्रका केही अपस्तालमा सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्दै त्यसको कडा निगरानी गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद लीलादेवी बोखिमले राष्ट्रिय प्राथमिकताका सडक निर्माण अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |