Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सन्दर्भ ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२३)

नीलकण्ठ एफ.एम १८९५ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलबार (३ साल अघि)
सन्दर्भ ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च, २०२३)

श्यामबहादुर मगराती
नेपाल यति बेला नेपालको संविधान २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरुको कार्यान्वयन गर्न, सामाजिक न्याय, समावेशीकरण र जातीय आत्मसम्मानको सवाललाई संस्थागत गर्ने अभ्यासमा जुटिरहेकोछ । यस क्रममा पहिचान, सम्मान र सह अस्तित्वलाई लडाईंकै मोर्चाका रुपमा अलग्याईएका, हेपिएका, थिचिएका, मिचिएका, बहिस्करण र पाखा पारिएकाहरु संगठित हुदै छन् ।

रंग भेद, जातीय विभेद, उच नीचसँग मिल्दो जुल्दो दक्षिण अफ्रिकामा आधा शताब्दी अघि भएको अन्तराषर््िट्रय विद्रोह मार्च २१ का दिन स्मरणीय र सन्देश ग्रहण योग्य छ । जहाँ विभेद विरुद्ध र जातीय आत्म सम्मानका लागि जुर्मुराउँदा ६९ जनाको हत्या गरिएको थियो । दक्षिण अफ्रिकाको सार्प भिल्ले विद्रोहका रुपमा ख्याति कमाएको ऐतिहासिक विद्रोहको सम्झना र जाति भेद विरुद्धको विश्व अभियानमा नेपाली अभ्यासलाई केलाउन यो महत्वपूर्ण छ ।

बहु संख्यक काला जाति रहेको दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराको एकछत्र राज थियो । एक जना गोराले नब्बे प्रतिशत काला जाति रहेको जिल्लामा समेत अधिनायक राज गर्न भ्याएका थिए । काला जातिमाथि कानुनी अंकुश लगाउँदै राज गरिरहेका सरकारले ‘पास ल’ नामक थप घोर विभेदकारी ऐन ल्यायो । आपूmविरुद्ध ल्याईएको दमनकारी ऐनविरुद्ध काला जातिले गरेको विरोध मुलुकका कुना काप्चासम्म पु¥याए । विभेदकारी ऐन चिर्न कि मृत्यु कि मुक्ति भन्दै अघि बढिरहेको विरोध जुलुस सन् १९६० को २१ मार्चका दिन दक्षिण अफ्रिकाको सार्प भिल्ले सहरमा मानव सागरका रुपम उर्लियो । सरकारले चर्को दमनकारी नीति लियो । विद्रोहीमाथि गरिएको गोली प्रहारबाट ६९ जना प्रदर्शनकारीको तत्कालै हत्या भयो ।

रंग भेद विरोधी कानुन खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका मध्ये ६९ जनाको कायरतापूर्ण हत्या गरिएको घटना विश्वव्यापी भयो । विरोध स्वरुप संसारभरिका समतावादी जनताले प्रदर्शन गरे भने लोकतन्त्र र सामाजिक न्यायलाई अंगीकार गरिरहेका सरकार प्रमुखले घोर निन्दा गरे । सार्प भिल्ले घटनाले रंग, वर्ण, जात र वंशका आधारमा गरिने सबै प्रकारका विभेद विरुद्ध एक हुने सन्देश फैलायो । यसै सन्दर्भमा १९६५ मा बसेको राष्ट्र संघीय महासभाले सार्प भिल्ले घटनालाई जातिवाद विरुद्धको ऐतिहासिक र संस्मरणीय क्षणका रुपमा सम्मान गर्दै २१ मार्चलाई अन्तराषर््िट्रय जातीय विभेद उन्मूलन दिवसका रुपमा मनाउने निर्णय ग¥यो ।

जातीय भेदभाव अन्त्य गर्ने सवालमा संयुक्त राष्ट्र संघबाट प्रत्येक वर्ष २१ मार्चको दिनलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा सन् १९६५ देखि मनाउदै आईरहेको कुरा सर्वविदितै छ । नेपालमा सबै किसिमको जातीय भेदभाव उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ को सन्दर्भलाई जोडेर जातीय भेदभाव अन्त्यको लागि नेपाल सरकारलाई जवाफदेही बनाउन २१ मार्च मनाउने गरिन्छ । किन कि नेपाल पनि यस महासन्धिको पक्ष राष्ट्र हो । यस वर्ष सो दिवसलाई दलित अधिकारका सवाललाई जोडेर दलित अधिकारको सवालसँग सरोकार राख्ने सम्पूर्ण सरकारी तथा गैर सरकारी संघ संस्था, राजनीतिक दल र आम नागरिकहरुलाई नेपालको संविधान, २०७२ मा व्यवस्था भएका नीतिगत प्रावधानहरु कार्यान्वयन गर्न र गराउनका लागि राज्यलाई जवाफदेही बनाउन संयुक्त रुपमा अभियानहरु संचालन गर्न अपिल गर्दछौँ ।

(लेखक : दलित सेवा संघ जिल्ला शाखा धादिङका अध्यक्ष हुनुहुन्छ ।)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0