Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

हाम्री छोरी

नीलकण्ठ एफ.एम १३१९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ६, सोमबार (३ साल अघि)
हाम्री छोरी

कृष्णराज अधिकारी
एक दिनको कुरा हो । रोशनी म्याडमले मलाई केहि भन्न खोजे जस्तो गर्नुभयो तर, भन्न सकि रहनुभएको थिएन । मैले उहाँको मलिनो अनुहार र फरफराइरहेको ओठबाट केही भाव निस्किएकोे महसुस गरें । म्याम तपाईले केहि भन्न खोज्नु भएको हो ? मैले प्रश्न गरें । उहाँले सहजै भनिहाल्नुभयो हो सर हिजो आज म बिरामी छु । अनि आत्तिएको शैलिमा भन्नुभयो मलाई क्यान्सर पो भयो कि भन्ने लागेको छ । रातभर खोकी लाग्छ, निन्द्रा छैन । आँखाबाट बर्रर आँसु झार्नु भयो ।

उहाँले त्यस दिन मलाई धेरै कुरा खोल्नुभयो । एउटी छोरी छ डाक्टर पढ्छु भन्छिन् । मेरो हालत यस्तो छ अब उनको इच्छा कसले पूरा गर्ला ? म त मर्छु कि क्या हो कमाई धमाई भनेकै यही जागिर हो त्यै पनि अब नरहने भयो उपाय देखाइ दिनुपर्यो –रोशनी म्याडमले भक्कानो पर्दै भन्नुभयो । मलाई उहाँको त्यो रोदनसँगैको कुराले ज्यादै नरमाइलो बनायो । एकछिन त म नतमस्तक नै भएँ । अनि भने, स्वास्थ्यको ख्याल गर्नुहोस् तपाईको जागिरको चिन्ता नगर्नुहोस् । म भएसम्म हरसम्भव तपाईको सेवाको सुरक्षा गर्नेछु । बरु छोरीको पढाइमा बाधा नआओस् । आवश्यक परे अझ सहयोगको लागि मलाई भन्नुहोला–मैले ढाडस दिँदै भने । त्यतिभन्दै पनि उहाँको मनले केहि राहत महशुस गरेछ क्यारे अनुहारमा केही खुसीका तरंगहरु अल्झिएको देखें ।

सरकारी जागिर खाएपछि सधैं एकै ठाउँमा बस्न कहाँ पाइन्छ र ? म पनि केहि समयपछि अन्यत्रै सरुवा भएँ । अलि टाढा जान आउन पर्दा बाटो त्यहीँ थियो । सन्चो बिसन्चो सोध्ने गर्दथे । छोरीको पढाइको बारेमा पनि कुरा राख्ने गरिन्थ्यो ।

हिउँदको महिना दिन छोटो हुने । एक दिन साँझ पख अपरिचित नम्बरबाट फोन आयो । सर नमस्कार । हजुर आराम हुनुहुन्छ ? महिलाको आवाज थियो । मैले चिनिन नि । तपाई को हुनुहुन्छ ? मैले भने । ममिले नम्बर दिनुभएको । तपाईको नाम लिइ रहनुहुन्छ । मैले अलि अगाडि नै फोन गर्नुपथ्र्यो सरी है सर । उनले भनिन् । फोनमै अरु कुराहरु प्नि भए उनी त उनै म्याडम की छोरी रहिछन् डा.मञ्जरी । हाम्रो सहरमा चार पाँच महिनादेखि सेवा गरि रहेकी । रोशनी म्याडमकी छोरी, हाम्री पनि छोरी ।

भोलीपल्ट बिदाको दिन थियो । मैले डा.छोरीलाई मेरो घरमा खाना खान अनुरोध गरे । मञ्जरी छोरीले पनि नकार्न सकिनन् । म बिहानै छोरी लिन हिँडे । न त मैले उनीलाई कहिल्यै देखेको न उनले मलाई पनि । कसरी चिन्ने होला ? मेरो छोरी कस्ति होलिन् , काली छिन् कि गोरी । अग्लो छिन् कि होची । या जस्तो सुकै भएपनि उनी डाक्टर हुन् । हामीले नजम्माएकी छोरी , यस्तै कुराहरु मनमा खेलाउँदै मञ्जरी छोरी लिन हिँडे । फोनबाट नै छोरीको पहिचान भयो ।

घरमा हामी दुई बुढाबुढी मात्र । मैले आमा छोरीको चिनजान गराई दिएँ । दुवै जना खुशी देखिन्थे । छोरी ज्यादै फरासिली, क्षणमै हामी बीच आत्मियता बढेर गयो । मामुको भान्छामा हामी आउन हुने हो कि होइन ? उनले जिज्ञासा राख्न नभ्याउँदै किन नपाउनु नि । अरुले त पाउँछन् झन् छोरीले नपाउने हुन्छ र ? मैले हाँस्दै उनको उत्तर दिए । म बाहिर तिर घाम ताप्न निस्किए । छोरी किचन तिर ममीलाई सघाउन लागिछिन् ।
दिउँसो केहि समय म गाउँ जान पर्ने थियो । एक दुई घण्टा हराउन सक्छु, ममीसँग गफ गरी बस्नु है भन्दै बाहिर निस्किए । घर फर्कदा खाजा तयार थियो । भुटेको मकै, सिन्की र गुन्दु्रकको अचार,गिलास भरी मोही । यो हाम्रो गाउँको नेपाली गाउँको खाजा । छोरीको आफ्नै हातले बनाएको रे । खुबै मिठो थियो । दिउँसो खेतमा पनि डुल्न भ्याइछिन् । आमाछोरीसँगै बसेको टिकटक पनि देखाउँदै थिइन् । भोलीपल्ट बिहानै ओपिडी ड्युटीमा जानुपर्छ भनेकीले मैले छोरीलाई त्यस दिन राख्न सकिन । अर्को दिन बस्ने गरी आउँछु भन्ने बाचा गरेकीले मैले उनलाई अफिसमै पुर्याई दिएँ । मलाई अलि पर सडकसम्म आफैं पुर्याउन छोरी आइन् । सायद मेरो टोपी देखिन्जेलसम्म छोरीले चिह्याई रहेकी थिइन् होला ।

त्यसदिन देखि फेरी छोरीसँग दोहोरो सम्बाद हुन सकेको छैन । कहिले दिनमा, कहिले रातमा ड्युटी पर्छ भन्दै थिइन् । त्यसमा पढ्ने विद्यार्थी भएकीले फूर्सदको समयमा पुस्तक त पढ्न नै पर्यो । फोन गर्दा पढाईमा र ड्यूटीमा डिस्टर्व होला भनेर मैले पनि फोन गरेको छैन । तर, हिजो आज मेरो मनमा एउटा कुरा खेली रहन्छ , हामीले छोरी नजन्माएर के भो त ? अरुले जन्माएकी छोरीहरु पनि त हाम्रै सन्तान जस्तै त हुन् नि । आफूले जस्तो व्यवहार गर्यो अरुले पनि त्यस्तै व्यवहार गर्ने हो क्यारे ? छोराहरुमा भन्दा छोरीहरुमा माया ममता बढी हुन्छ भन्छन् । हेरौं कस्तो पर्ने हो ? त्यो त भविष्यले नै बताउने छ । तै पनि हामीले नजन्माएको छोरी । शिक्षित ज्ञानी विवेकी भए पुग्छ अरु केही चाहिँदैन, छोरी हाम्री छोरी।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

    खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा 

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0