धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
गजुरी गाउँपालिका वडा नं १ मा स्थित जीवनज्योति बिद्यालयका बालबालिकालाई खेलकुद तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । बुधबार प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरिएको हो ।

संस्थाको स्थापना कालदेखि नै बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत प्रयास नेपाल धादिङले जीवनज्योति बिद्यालयका ३६ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई प्रति बालबालिका १५ सय बराबरको सामाग्री सहयोग गरिएको हो । सामाग्रीहरुमा कापी, कलर,पेन्सिल, ईरेजर, भाँडाकुटि सेट, रबर बल, प्लास्टिक बल, साईनपेन, मडलिङ क्ले, कथाको पुस्तक, लर्निङ मेसिन,स्केल लगायत प्रति बालबालिका १ हजार ५ सय बराबरको सामाग्री सहयोग गरिएको हो ।

बाल विकास कक्षाका सामाजिक , आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।

बालबालिकाहरुको मस्तिष्कको ८० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।

तात्कालिन रुपमा कोभिड कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा बुधबार जीवनज्योति सामुदायिक बाल विकास केन्द्र गजुरी वडा नं १ उज्यालो गाउँका बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनु भयो ।

बाल बिकास सहजकर्ता लक्ष्मी उप्रेतीले अहिले बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताउनु भयो । बाल बिकास कक्षा व्यवस्थापन समितिका अध्यक्ष फुलमाया उपरकोटीले समुदायबाट संञ्चालित बाल विकास कक्षाका बालबालिकाहरुलाई सहयोग गरेकोमा खुशी हुँदै बिद्यालयको भौतिक पुर्वाधारमा पनि सहयोग लागि अनुरोध गर्नु भएको सामुदायिक सहजकर्ता रेनुका रुपाखेतिले जानकारी दिनुभयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |