धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले वाका राह खेलमैदानको स्थलगत निरीक्षण गर्नुभएको छ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ स्थित धादिङ र नुवाकोटको सिमामा अवस्थित वाका राह खेलमैदान निर्माण सम्पन्न भए पश्चात सोमबार जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको टोलीले खेलमैदानको स्थलगत निरीक्षण गर्नुभएको हो ।
जिल्लाकै विशेष महत्व बोकेको वाका रह खेलमैदानको अबलोकनका क्रममा अध्यक्ष तामाङले स्थानिय नेता, खेलाडी, खेलप्रेमि र स्थानिय युवाहरु संग भेटघाट तथा छलफलका साथै खेलकुद सामग्री समेत बितरण गर्नुभएको छ । निरीक्षणमा तामाङ संगै क्लब अध्यक्ष र युवा नेता दिपक तामाङ लगाएतका सहभागी थिए ।
धादिङलाई खेलकुदमय बनाउने योजनाका साथ आफूहरुले युवाहरुलाई एकिकृत गरी खेलकुद सामाग्री वितरण तथा खेलकुद मैदान निर्माण गर्दै आएको जिल्ला खेलकुद बिकास समिति धादिङका अध्यक्ष प्रताप सिङ तामाङ (स्पाटन)ले जानकारी दिनुभयो ।
यसअघि जिल्ला खेलकुद बिकास समितिले धादिङका सबै गाउँपालिका तथा नगरपालिकाका बिध्यालय देखि स्थानिय क्लब र समुहहरुलाइ बजेट ब्यबस्थापन,खेलकुद सामग्री बितरण तथा खेल मैदान निर्माणमा सहयोग गर्दै आइरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |