प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ, २३ मङ्सिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने छ । संसदीय दलमा नेतृत्व छनोटका लागि निर्माण गरिने मापदण्डमा पनि सुझाव सङ्कलन गरिने बताइएको छ ।
पार्टीकातर्फबाट प्रतिनिधिसभामा सात सदस्य निर्वाचित भएका छन् । पार्टीका नेता सुन्दर पाण्डेका अनुसार करिब छ लाख मत प्राप्त गरेको पार्टीले समानुपातिकमा प्रतिनिधिसभामा सात तथा प्रदेशसभामा सत्र सिट प्राप्त गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |