वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
प्रयास नेपाल धादिङले ६ वटा विद्यालयहरुलाई शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकाहरु अध्ययनरत ६ वटा विद्यालयहरुलाई ग्लोबल फेयरनेश ईनिसियटिभको साझेदारीतामा संचालित ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत शैक्षिक तथा खेलकुद र स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
धादिङको थाक्रे गाउँपालिकाको श्री जनकल्याण आधारभुत विद्यालय, श्री जनता आधारभुत विद्यालय, श्री महाङकालेश्वरी मा.वि, श्री उडुवादेवी प्रजा आधारभुत विद्यालय र धुनीबेशी नगरपालिकाको श्री भुवनेश्री मा.वि र श्री महेशधर्म मा.वि गरि ६ वटा विद्यालयहरुमा सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका ब्रेटर ब्रिक नेपाल कार्यक्रमका फिल्ड संयोजक सुनिता कडेलले जानकारी दिनुभयो ।
विद्यालयको आवश्यकता र मागको आधारमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सुरक्षाका सामाग्री (कापि, पेन्सिल, ईलेजर, कटर, डल, घडी, नेपालको नक्सा, प्रदेशको नक्सा, भलिबल, फुटबल, नेट, ब्याडमिन्टन, माक्स, सेनिटाईजर, थर्मलगन, पन्जा, साबुन लगायतको ३२ हजार बराबरको सामाग्री सहयोग गरिएको कडेलले बताउनुभयो ।
ब्रेटर ब्रिक नेपाल कार्यक्रम अन्तरगत धादिङ जिल्लाका धुनिबेसी नगरपालिका, थाक्र्रे र गजुरी गाउँपालिकामा रहेका ५ वटा ईट्टा उद्योगलाई बालश्रममुक्त गराई श्रमिकमैत्री ईट्टा उद्योग संचालन गर्न बालश्रम मान्य छैन, बाध्यकारी श्रम मान्य छैन, ज्याला तथा कार्य घण्टा, कार्यस्थल स्वास्थ्य र सुरक्षा तथा अमानविय व्यवहार मान्य छैन भन्ने बिबिएनका ५ वटा मापदण्डमा आधारित भई उद्योग संचालनमा सहयोग तथा सहजिकरण गर्दै आएको पनि फिल्ड संयोजक कडेलले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |