काठमाडौँ,०१ कात्तिक।
गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी ३ देखि ६ कात्तिकमा जावलाखेलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।
मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी हुने उनले बताए । प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी ५५ वटा प्रदर्शनी कक्ष रहने छन् ।
हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसनको आकडा छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |