Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

कात्तिक ४ गतेभित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने निर्वाचन आयोगको निर्णय

४३२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ३१, सोमबार (३ साल अघि)
कात्तिक ४ गतेभित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम  हटाउने निर्वाचन आयोगको निर्णय

काठमाडौँ,३१ असोज ।

समानुपातिक बन्दसूचीमा परेका ४३९ जनाले निर्वाचन आयोगले तोकेको जरिवाना बुझाएका छैनन् । कात्तिक ४ गतेभित्र जरिवाना नबुझाए उनीहरुको नाम बन्दसूचीबाट हटाउने निर्वाचन आयोगले निर्णय गरिसकेको छ । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले कात्तिक ५ गतेभित्र तोकिएको जरिवाना नतिरे बन्दसूचीबाट नाम हटाइने जानकारी सम्बन्धित राजनीतिक दललाई गराइसकिएको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले जानकारी दिए ।

आयोगका अनुसार विभिन्न राजनीतिक दलले असोज २२ गते समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिनका लागि बन्दसूची पेश गरेका थिए । राजनीतिक दलले बुझाएको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । समानुपातिक निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा पेश भएका व्यक्तिमाथि दाबी विरोध तथा उजुरी गर्ने समयसीमा तोकिएको थियो । उक्त दाबी विरोध गर्ने समयममा प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूचीमा २७ वटा उजुरी परेको आयोगका सचिव दुवाडीले बताए ।

उनका अनुसार आयोगले आइतबार ती उजुरी एक सूचनामार्फत सार्वजनिक गरिसकेको छ । ती उजुरीबारे सम्बन्धित राजनीतिक दललाई जानकारी गराउने प्रक्रिया पनि अघि बढिसकेको आयोगले जनाएको छ । बन्दसूचीमा परेका ६ हजार ४५७ उम्मेदवारमध्ये आयोगले गत भदौ ३१ गते स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएका कारण उनीहरुलाई जरिवाना तोकेको थियो । सूचीमा रहेका १ लाख २३ हजार ६२४ जनामध्ये ४३९ जना अहिलेको बन्दसूचीमा परेका थिए ।

तोकिएको जरिवाना नबुझाएसम्म ती व्यक्ति उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था भएका कारण उम्मेदवारको सूचीमा राख्न नसकिने आयोगले जनाएको छ । त्यसैले तोकिएको जरिवाना समयमा नै बुझाउनुपर्ने भएकाले आइतबार मात्रै ति जरिवाना बुझाउनुपर्ने सूचीमा रहेका व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवारको नाममा समावेश रहन जाँचबुझको अवधिसम्म जरिवाना नबुझाएमा उनीहरुको उम्मेदवारी कायम राख्न नसक्ने आयोगले निर्णय गरेको छ ।

शनिबारसम्म बन्दसूचीबारे परेको उजुरीमाथि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक ५ गतेसम्म जाँचबुझ गर्ने कार्यक्रम रहेकाले त्यो अवधिमा कार्यालय समयभित्र बन्दसूचीमा परेका र जरिवाना तोकिएका व्यक्तिले जरिवाना बुझाएमा आयोग अर्थात मुख्य निर्वाचन अधिकृतको कार्यालयले बन्दसूचीमा ती व्यक्तिको नाम समावेश गर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • समाचार
    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0