Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ८, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

२५९ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २७, बिहिबार (२ साल अघि)
प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

काठमाडौँ,२७ असोज ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेको छ र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेले चक्र स्नेहीलाई उठाएको थियो तर पछि नाम फिर्ता लिएको छ । देउवालाई चुनौती दिन एमालेले उम्मेदवार उठाएको छैन । एमालेले डडेलधुरा क्षेत्र नं.१ मा नेपाली कांग्रेस (बी.पी.)का उम्मेदवार कर्ण बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

देउवा उठेको क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले श्याम सिनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले गोविन्द खडायतलाई उम्मेदवार बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र रुपमा बिक्रम बहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायतले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरिएको छ । ओली उठेको झापा क्षेत्र नं.५ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले ओम माया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्र प्रसाद दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले चन्द्र प्रसाद राजवंशी, जनमत पार्टीले भीम राजवंशी र मंगोल नेशनल अर्गनाइजेसनले सान बहादुर मेचेलाई उठाएको छ ।

झापा क्षेत्र नं.५ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले कविन्द्र शेर्मा लिम्बु, नेश्नलिस्ट पिपल्स पार्टीले राजन चुडाल, राष्ट्रिय जनमुत्ति पार्टीले पदम बहादुर जवेगु, नेपाली कांग्रेस (बी.पी.)ले सेखरनाथ सेडाई, सचेत नेपाली पार्टीले राम प्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीले शुरेस कुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

ओलीको क्षेत्रमा स्वतन्त्र रुपमा रोहीत प्रसाद पौड्याल, दिपक कुमार पाठक, रामचन्द्र बानिया, भेषराज भट्टराई, सिताराम पोख्रेल, तिर्थेश्वर चौधरी, शान्ता अधिकारी, इन्द्रमणी दाहाल, केदार नाथ चापागाई, रेवती रमण खनाल र तुलसी राम काफ्लेले पनि उम्मेदवारी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । प्रचण्डलाई चुनौती दिन नेकपा एमालेले अब्दुस सलाम मियालाई गोरखा क्षेत्र नं.२ मा उतारेको छ ।

प्रचण्ड उठेको गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीले प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टीले प्रकाश थापा, राष्ट्रि प्रजातन्त्र पार्टी नेपालले कुल बहादुर बस्नेत, नेकपा (माक्र्सवादी लेनिनवादी)ले नारायण बाबु आचार्य, मंगोल नेशनल अर्गनाइजेसनले सोम बहादुर गुरुङ, नेपाली कांग्रेस (बी.पी.)ले टिका दत्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा स्वतन्त्र रुपमा गणेश देवकोटा र विनोद कुमार गुरुङले उम्मेदवारी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको छ । नेपाललाई चुनौती दिन नेकपा एमालेले रौतहट क्षेत्र नं.१ मा अजय कुमार गुप्तालाई उम्मेदवार बनाएको छ ।

रौतहट क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीले बैद्यनाथ चौधरी, जनमत पार्टीले राजेन्द्र प्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरोज कुमारी, नेपाल सुशासन पार्टीले रंजित कुमार पटेल, नेपाल जनता दलले सुबोध चन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीले मिस्टर सुर्यदेव प्र. कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ । उक्त क्षेत्रमा स्वतन्त्ररुपमा अवधेश कुमार ठाकुर, राहुल कुमार मिश्र, अनिल कुमार लाल दास, राम अधार महतो कोइरी, मोहम्मद जियाउल हक, चन्दन कुमार जयसवाल, रेवन्त झा, रामबलि यकुमार यादव र कोशिला देवीले उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेबीच तालमेल भएको छ । उपेन्द्र यादवलाई चुनौत दिन यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जय प्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ ।

सप्तरी क्षेत्र नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले कैला मंसुरी (मियाँ), नेपाल मजदुर किसान पार्टीले देव नारायण यादव, जनमत पार्टीले चन्द्रकान्त राउत, हाम्रो नेपाली पार्टीले डम्बर नारायण साह तेली, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हजरत अलि, नेपाली कांग्रेस (बी.पी.)ले चिरञ्जिबी लाल देव, पिछडावर्ग निषाद दलित जनताजी पार्टीले सुमत्रा मण्डल, नेपाल संघीय समाजवादी पार्टीले प्रमलिा देवी मण्डल, नेपाली जनता दलले चन्द्र कुमारी देव र राष्ट्रिय स्वतन्त्र पार्टीले वरुण कुमार झालाई आफ्नो उम्मेदवार बनाएको छ । सप्तरी क्षेत्र नं.२ मा स्वतन्त्ररुपमा विरेन्द्र कुमार मिश्र, महेन्द्र प्रसाद देव, चित्तनारायण यादव र विनोद कुमार यादवले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं.३ बाट उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गरीएको छ । यसैकारण यहाँ एमालेले उम्मेदवारी दिएको छैन । झापा क्षेत्र नं.३ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले कृष्ण प्रसाद सिटौलालाई उठाएको छ ।

यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालले बीर बहादुर राई, नेपाल मजदुर किसान पार्टीले कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीले भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीले चूडामणि अधिकारी र हाम्रो नेपाली पार्टीले योगेन्द्र प्रसाद खनाललाई उम्मेदवार बनाएका छन् ।

यस्तै झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देवी रमण भट्राई, मंगोल नेशनल अर्गनाइजेसनलले श्याम बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीले गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बी.पी.)ले भक्ती प्रसाद पनेरु, सचेत नेपाली पार्टीले ओम प्रकाश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश पाठकलाई उठाएका छन् । यस क्षेत्रमा स्वतन्त्र रुपमा प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी र मनोरथ राजवंशीले पनि उम्मेदवारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

  • धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

  • नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

  • रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

  • समाचार
    नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    धादिङ अस्पतालमा ईन्डोस्कोपी सेवा सुरु

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    नीलकण्ठ नगरपालिकाले लगातार तेस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्ड

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0